फिल्मी क्षेत्र प्रायः बन्द रहँदा अक्षयका हातमा ६ फिल्म प्रोजेक्ट « Khabarhub

फिल्मी क्षेत्र प्रायः बन्द रहँदा अक्षयका हातमा ६ फिल्म प्रोजेक्ट


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता अक्षय कुमारको क्रेज अहिले बढ्दो छ । तिनै खानलाई पछि पार्दै उनी सर्वाधिक कमाउन कलाकारको सुचीमा परेका छन् ।

अक्षयद्धारा अभिनित पछिल्ला फिल्महरु सुपरहिट छन् । उनको हरेक बर्ष ४/५ वटा फिल्म रिलिज हुदै आएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण फिल्मी क्षेत्रमा पारीरहेको असरका कारण कैयौं ठुला स्टार बलिउडकर्मीले काम पाएका छैनन् । तर यस्तो बेलामा पनि अक्षय कुमारका साथमा भने काम र फिल्मको कुनै कमी छैन ।

उनका केहि फिल्म रिलिज हुने मिति पर्खेर बसेका छन् भने केहिको फिल्मको काम जारी छ । यस अलावा उनलाई नयाँ फिल्मको अफर समेत आइरहको छ । जान्नुहोस् अक्षयका साथ कुन कुन फिल्म छन् अहिले :

१. लक्ष्मी बम्ब
फिल्मी करियरमा बिभिन्न भुमिकामा देखा परेका बलिउड अभिनेता अक्षय कुमार लक्ष्मी बम्बमा युनिक रोल निर्वाह गर्दैछन् ।

यो फिल्म चाँडै डिज्नी प्लस हटस्टारमा रिलिज हुने भएको छ । यो तमिल फिल्म कंचना २ को रिमेक हो । फिल्ममा अक्षय कुमारको अपोजिटमा कियारा आडवाणी रहेकि छन् ।

२. सूर्यवंशी
अक्षय कुमार र क्याटरिना कैफ अभिनित सूर्यवशीं चाँडै सिनेमाघरमा आउने तयारीमा छ । लकडाउन खुलेर सबै सहज भए लगत्तै फिल्म सिनेमाघरमा आउने छ । रोहित शेट्टीको निर्देशनमा बनेको यस फिल्ममा अजय देवगन र रणवीर सिंह पनि सपोटिङ रोलमा रहेका छन् ।

३. अतरंगी रे
अक्षय कुमार अभिनित अतरंगीको काम धमाधम चलिरहेको छ । कोरोना भाइरसको संक्रमणका कारण रोकिएको यस फिल्मको सुटिङ अहिले पूनः हुने भएको छ । फिल्ममा अक्षय कुमार लीड रोलमा छैनन् ।

यस फिल्ममा सारा अली खान र दक्षिण भारतीय सुपरस्टार धनुषको जोडी रहेको छ ।

४. पृथ्वीराज
पृथ्वीराजको सुटिङ अहिले रोकिएको छ । यस फिल्ममा अक्षय कुमार, मिस वल्र्ड मानुषी छिल्लरका साथमा देखा पर्दैछन् । फिल्मको मुहुर्त पूजाको तस्वीर र भिडियो निकै भाइरल भएको थियो । पृथ्वीराजलाई चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्दैछन् ।

५. बच्चन पाण्डे
बलिउड फिल्म बच्चन पाण्डेको प्रोजेक्ट पनि अक्षय कुमारको हात लागेको छ । यस फिल्ममा अक्षय कुमार अभिनेत्री कृति सेननसंग स्क्रिन शेयर गर्दैछन् । यस फिल्मको निर्देशन फरहाद सामजीले गर्दैछन् । यस फिल्मको पोष्टर लुक्स समेत सार्वजनिक भइसकेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १० : २० बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच