फिल्मी क्षेत्र प्रायः बन्द रहँदा अक्षयका हातमा ६ फिल्म प्रोजेक्ट « Khabarhub

फिल्मी क्षेत्र प्रायः बन्द रहँदा अक्षयका हातमा ६ फिल्म प्रोजेक्ट


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता अक्षय कुमारको क्रेज अहिले बढ्दो छ । तिनै खानलाई पछि पार्दै उनी सर्वाधिक कमाउन कलाकारको सुचीमा परेका छन् ।

अक्षयद्धारा अभिनित पछिल्ला फिल्महरु सुपरहिट छन् । उनको हरेक बर्ष ४/५ वटा फिल्म रिलिज हुदै आएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण फिल्मी क्षेत्रमा पारीरहेको असरका कारण कैयौं ठुला स्टार बलिउडकर्मीले काम पाएका छैनन् । तर यस्तो बेलामा पनि अक्षय कुमारका साथमा भने काम र फिल्मको कुनै कमी छैन ।

उनका केहि फिल्म रिलिज हुने मिति पर्खेर बसेका छन् भने केहिको फिल्मको काम जारी छ । यस अलावा उनलाई नयाँ फिल्मको अफर समेत आइरहको छ । जान्नुहोस् अक्षयका साथ कुन कुन फिल्म छन् अहिले :

१. लक्ष्मी बम्ब
फिल्मी करियरमा बिभिन्न भुमिकामा देखा परेका बलिउड अभिनेता अक्षय कुमार लक्ष्मी बम्बमा युनिक रोल निर्वाह गर्दैछन् ।

यो फिल्म चाँडै डिज्नी प्लस हटस्टारमा रिलिज हुने भएको छ । यो तमिल फिल्म कंचना २ को रिमेक हो । फिल्ममा अक्षय कुमारको अपोजिटमा कियारा आडवाणी रहेकि छन् ।

२. सूर्यवंशी
अक्षय कुमार र क्याटरिना कैफ अभिनित सूर्यवशीं चाँडै सिनेमाघरमा आउने तयारीमा छ । लकडाउन खुलेर सबै सहज भए लगत्तै फिल्म सिनेमाघरमा आउने छ । रोहित शेट्टीको निर्देशनमा बनेको यस फिल्ममा अजय देवगन र रणवीर सिंह पनि सपोटिङ रोलमा रहेका छन् ।

३. अतरंगी रे
अक्षय कुमार अभिनित अतरंगीको काम धमाधम चलिरहेको छ । कोरोना भाइरसको संक्रमणका कारण रोकिएको यस फिल्मको सुटिङ अहिले पूनः हुने भएको छ । फिल्ममा अक्षय कुमार लीड रोलमा छैनन् ।

यस फिल्ममा सारा अली खान र दक्षिण भारतीय सुपरस्टार धनुषको जोडी रहेको छ ।

४. पृथ्वीराज
पृथ्वीराजको सुटिङ अहिले रोकिएको छ । यस फिल्ममा अक्षय कुमार, मिस वल्र्ड मानुषी छिल्लरका साथमा देखा पर्दैछन् । फिल्मको मुहुर्त पूजाको तस्वीर र भिडियो निकै भाइरल भएको थियो । पृथ्वीराजलाई चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्दैछन् ।

५. बच्चन पाण्डे
बलिउड फिल्म बच्चन पाण्डेको प्रोजेक्ट पनि अक्षय कुमारको हात लागेको छ । यस फिल्ममा अक्षय कुमार अभिनेत्री कृति सेननसंग स्क्रिन शेयर गर्दैछन् । यस फिल्मको निर्देशन फरहाद सामजीले गर्दैछन् । यस फिल्मको पोष्टर लुक्स समेत सार्वजनिक भइसकेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १० : २० बजे

‘गाजामा इजरायली आक्रमण, आठ जनाको मृत्यु’

एजेन्सी– गाजामा भएको इजरायली आक्रमणमा कम्तिमा आठ जनाको मृत्यु भएको

सातापछि जीवितै भेटिएका आरोही दावा काठमाडौं ल्याइए

काठमाडौं– सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक

अफगानिस्तानमा बारुती सुरुङ विस्फोट : दुई बालबालिकाको मृत्यु

काबुल– अफगानिस्तानको पूर्वी पक्तिया प्रान्तमा विगतका द्वन्द्वका क्रममा जमिनमा छाडिएका

‘साहित्यले मानव सरोकारलाई स्थानीय वास्तविकतासँग जोड्न प्रयास गरेको छ’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाली साहित्यले विश्वव्यापी

उत्तर कोरियाको आणविक दौड तीव्र, नयाँ युरेनियम संवर्धन केन्द्र सार्वजनिक

काठमाडौं– उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई थप तीव्र बनाउने