सुशान्तका पिताका वकिलको दाबी: मुम्बई प्रहरीले रिया चक्रवर्तीलाई सहयोग गर्‍यो « Khabarhub

सुशान्तका पिताका वकिलको दाबी: मुम्बई प्रहरीले रिया चक्रवर्तीलाई सहयोग गर्‍यो


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेता सुशान्त सिंह राजपूतका पिताले अभिनेत्री रिया चक्रवर्तीका कारण आफ्नो छोराले आत्महत्या गरेको भन्दै उजुरी दिएका छन् ।

उक्त केश उनले पटनाबाट मुम्बई सार्न भन्दै अदालतमा याचिका दायर गराएकी छिन् । सुशान्तका पिताका वकिल विकास सिंहले भने मुम्बई प्रहरीले रियालाई मद्दत गरेको आरोप लगाएका छन् ।

उनले एक समाचार एजेन्सीसँग कुरा गर्दै भने – उन(रिया) ले सुप्रीम कोर्टमा याचिका दिइन् । जबकि, सीबीआई जाँचका लागि याचिका दायर गर्नुपर्ने थियो ।

एफआईआर पटनामा दर्ता भएको तर रियाले मुम्बई प्रहरीलाई अनुसन्धान गर्न याचिका दर्ता गराएकोप्रति आपत्ति जनाएका छन् । उनले भनेका छन् – प्रहरीले मद्दत गरेको योभन्दा ठूलो सबूत अरु के हुन्छ ?

उनका अनुसार सुशान्तले आत्महत्या गर्नुभन्दा ४ महिना पहिले रियाविरुद्ध उजुरी दिएका थिए । उक्त उजुरीमा दाबी गरिएको थियो कि, सुशान्त केही गलत मान्छेसँग थिए, जसले गर्दा उनलाई ठूलो घाटा हुनसक्छ ।

ती वकिलले मुम्बई प्रहरीले एफआईआर दर्ता गर्न नमानेको समेत बताएका छन् ।

सुशान्तले गत १४ जुनमा आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको आत्महत्यापछि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १२ : २२ बजे

युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग

ब्रसेल्स- युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका