प्रीति आलेको ‘हामी नाच्ने गाउने हो’ « Khabarhub

प्रीति आलेको ‘हामी नाच्ने गाउने हो’


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका प्रीति आलेको आवाज रहेको नयाँ  तीज गीत ‘हामी नाच्ने हो गाउने हो’ सार्वजनिक गरिएको छ ।

महिलाहरुको महान पर्व हरितालिका तीजमा चेलीहरुले नाच्नुपर्ने भाव गीतमार्फत प्रस्तुत गरिएको छ । गीतका शब्द राज बहादुर सानेले कोरेका हुन् भने संगीत पनि सर्जक सानेकै रहेको छ ।

एकपछि अर्को गर्दै पुरुष कलाकारले तीजका गीत सार्वजनिक गरिरहेका बेला यो गीतमा तीज महिलाको पर्व भएको र पुरुषले डिस्टर्ब गर्न नहुने भाव प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा प्रीति आले, रिया श्रेष्ठ, सविता आले, कैशिश दाहाल, कमला नेपाली लगायतले अभिनय गरेका छन् ।

यस्तै गीतलाई कृष्ण परियारले निर्देशन गरेका छन् भने बाबु जिम्बाले कोरियाग्राफी गरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १ : २५ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)