गूगल र फेसबूकले समाचारबापत पैसा दिनुपर्ने, नदिए ७२ लाख अमेरिकी डलर जरिवाना « Khabarhub

गूगल र फेसबूकले समाचारबापत पैसा दिनुपर्ने, नदिए ७२ लाख अमेरिकी डलर जरिवाना


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा – अस्ट्रेलिया सरकारले अस्ट्रेलियाली सञ्चार माध्यमका समाचार सामग्री प्रयोग गरेबापत भुक्तानीको व्यवस्था मिलाउन तीन महिनाभित्र मध्यस्थता गर्न गूगल र फेसबुकलाई आदेश दिएको छ ।

शुक्रबार सार्वजनिक गरिएको अनिवार्य आचार संहिताको मस्यौदामा व्यावसायिक मिडिया कम्पनीबाट उत्पादित समाचार सामग्रीको प्रयोग गरेबापत गूगल र फेसबुकले रकम तिर्नुपर्ने उल्लेख छ । विश्वका अन्य मुलुकले यस्तो प्रयोग गरेपनि असफल भएका छन्, तर अस्ट्रेलियाले आचार संहितामार्फत नै गूगल र फेसबुकलाई रकम भुक्तानीको व्यवस्था गराउन लागेको छ ।

गूगलले अस्ट्रेलिया सरकारले अघि सारेको मस्यौदा एकतर्फी रहेको र त्यसले डिजिटल अर्थतन्त्रका लागि बाधा सिर्जना गर्ने बताएको छ ।

अस्ट्रेलियाली अर्थमन्त्री जस फ्राइडेनबर्गले गूगल र फेसबुकलाई पहिलो चरणमा लक्षित गरिएको र अन्य डिजिटल प्लेटफर्ममा पनि यो नियम क्रमशः लागू गरिने जानकारी दिए ।

अस्ट्रेलियाका संचारगृहको आर्थिक अवस्थामा सुधार ल्याउन र कर्मचारी कटौतीको समस्या सुल्झाउन यसले थोरै भएपनि मद्दत गर्ने अस्ट्रेलियाली संचार माध्यमहरुले बताउँदै आएका छन् ।

अस्ट्रेलियाको प्रस्तावित मस्यौदामा अमेरिकी यी दुई कम्पनीले अस्ट्रेलियाली संचार माध्यमसँग रकमका बारेमा सम्झौता नगरे तीन महिनापछि सरकारले नै मध्यस्थकर्ता नियुक्त गरी काम थाल्ने बताइएको छ ।

उक्त मस्यौदामाथि सुझाव दिन अगस्ट २८ सम्मको समयावधि दिइएको छ । अर्थमन्त्री फ्राइडेनबर्गले भन्नुभयो, त्यसपछि उक्त मस्यौदालाई संसदमा पेश गरिने छ ।

प्रस्तावित मस्यौदामा नियम उल्लंघन गरेमा त्यस्ता प्लेटफर्मको वार्षिक कारोबारको १० प्रतिशतसम्म वा ७२ लाख अमेरिकी डलर जरिवाना गरिने उल्लेख छ ।

गूगल र फेसबुकका अस्ट्रेलियाली प्रतिनिधिहरुले सरकारले अघि सारेको प्रस्तावमाथि अध्ययन भइरहेको जनाएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  २ : ३८ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको