हुम्लामा अज्ञात रोगले ५० पशुवस्तु मरे « Khabarhub

हुम्लामा अज्ञात रोगले ५० पशुवस्तु मरे


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – एक सातादेखि फैलिएको अज्ञात रोगले हुम्लाको चंखेली गाउँपालिकामा ५० पशुवस्तु मरेका छन् ।

अचानक पशुवस्तुको छाती सुनिने, घाँस नखाने, र्‍याल छोड्ने रोगले अहिलेसम्म छ भैँसी, छ दुहुनागाई र अन्य पशुवस्तु मरेको चंखेली–२ भट्टेबाडाका वृष धितालले जानकारी दिए ।

“असार २० पछि फैलिएको उक्त रोगले अहिलेसम्म चंखेलीको दार्मा, मिमी, भट्टेबाडालगायत क्षेत्रका कृषकका ५० भन्दा बढी पशुवस्तु मरेको खबर हामीले पाएका छौँ”, धितालले भने, “अधिकांश पशुवस्तु अहिले जङ्गलतिर खर्क लिने चलनले पनि अन्य मरेका पशु वस्तुको बारेमा यकिन विवरण आउन बाँकी छ ।”

विभिन्न गाउँमा १०० भन्दा बढी पशुवस्तु बिरामी परेका छन् । गाउँपालिकाको पशुशाखामा औषधिका लागि गए पनि कोही पनि पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको छ ।

असार मसान्त लागेसँगै गाउँपालिकाबाट बाहिरिएका पशु स्वास्थ्यकर्मी गाउँमा नभएपछि बिरामी परेका पशुलाई तत्काल उपचार गर्ने व्यवस्था भएको स्थानीय पदबहादुर सिंहले बताए । “गाउँगाउँबाट पशु बिरामी भएको खबर आउने गरेको छ”, सिंहले भने, “औषधिका लागि जाँदा पशु शाखाको ढोका बन्द भएकाले रित्तो हात फर्किनुपरेको छ ।”

पशु स्वास्थ्य कार्यालय हुम्लाले चंखेली गाउँपालिकाका पशुवस्तुमा अज्ञात रोग फैलिएको खबर आएकाले तत्काललै पशु स्वास्थ्यकर्मीलाई औषधिसहित पठाउने काम भएको बताएको छ ।

गाउँपालिकाले पशुको औषधि खरिद नगरेकाले जिल्लाबाटै पठाउनुपर्ने हुँदा केही ढिला जस्तो भएको कार्यालय ज्ञानेन्द्र सिंह बुढथापाले बताए । उनले तत्कालै पशु स्वास्थ्यकर्मीको टोली पठाएर पशुमा फैलिएको अज्ञात रोगलाई नियन्त्रण गर्ने काममा लागेको उल्लेख गरे ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ३ : ५१ बजे

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट

महेश बस्नेत तत्काल पक्राउ नपर्ने, अदालतले दिएन अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको

ऊर्जा सुधारमा सरकारको जोड : १८० दिनभित्र पीपीए टुङ्ग्याइने

काठमाडौं– सरकारले गत शुक्रबार सार्वजनिक गरेको शासकीय सुधारअन्तर्गत एक सय

विदेशबाटै समानान्तर कांग्रेस चलाउँदै देउवा

काठमाडौं- गत पुसमा विशेष महाधिवेशनमार्फत कांग्रेसले नयाँ नेतृत्व चुन्यो ।

समानुपातिकलाई प्रधानमन्त्रीले हेपेको सांसद विकको गुनासो

काठमाडौं- सोमबार प्रधानमन्त्री बालेन शाहले विभिन्न प्रदेशका सांसदहरुसँग छलफल गरेका