भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, ७९ हजार बढीमा संक्रमण « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, ७९ हजार बढीमा संक्रमण


१५ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ७९ हजार ४५७ जना संक्रमित छन् । योसँगै सोमबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख १९ हजार १६९ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २७ लाख ७२ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८१ हजार ६२४ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ९६० जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ६४ हजार ६१७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ५ : ४३ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको