मेस्सीलाई अनुबन्ध गर्ने क्लबले बार्सिलोनालाई ९७ अर्ब तिर्नुपर्ने « Khabarhub

मेस्सीलाई अनुबन्ध गर्ने क्लबले बार्सिलोनालाई ९७ अर्ब तिर्नुपर्ने


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई अर्को क्लब जान बार्सिलोनाले बाटो खुला गरेको छ । तर, त्यसका लागि उनी आवद्ध हुने अर्को क्लवले बार्सिलोनालाई ७ सय मिलियन युरो अर्थात ९७ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ भन्दाबढी तिर्न पर्ने सर्त राखिएको छ ।

स्पेनिस ला लिगाले आइतबार मेस्सी अनुबन्ध गर्ने क्लबले बार्सिलोनालाई ७ सय मिलियन युरो रिलिज क्लज तिर्नु पर्ने जनाएको छ ।

एक विज्ञप्ति निकाल्दै ला लिगाले मेस्सीले क्लब छाड्न चाहेमा क्लबलाई सम्झौता अनुसारको रिलिज क्लज तिर्नु पर्ने बताएको छ । ला लिगाको निर्णयसँगै मेस्सीले फ्रि ट्रान्सफर र बार्सिलोनाको अनुमति बिना क्याम्प नाउ छाड्न नपाउने भएका छन् ।

तर, ७ सय मिलियन युरो रिलिज क्लज तिर्न सफल भएमा मेस्सीले बार्सिलोनाको सहमति बिनासमेत क्लब छाड्न पाउने छन् ।

मेस्सीले गत साता क्लबलाई पत्र लेख्दै क्लब छाड्ने बताइसकेका छन् । तर, बार्सिलोनाले भने यस समर ट्रान्सफरमा मेस्सीले क्लब छाड्न नसक्ने बताउँदै आएको छ ।

ला लिगाको निर्णयलेसमेत बार्सिलोनालाई राहत मिलेको छ । तर, मेस्सीलाई भने कठिन हुने भएको छ । अर्जेन्टिनी फरवार्ड मेस्सीको बार्सिलोनासँगको सम्झौता २०२१ सम्म रहेको छ । मेस्सी आइतबार क्लबले गरेको कोरोनाको पीसीआर टेस्टमासमेत सहभागिता भएका थिएनन् ।

बार्सिलोनाले टिमको प्रशिक्षणअघि खेलाडीको पीसीआर गरेको हो । बार्सिलोनाले नयाँ सिजनका लागि सोमबारबाट प्रशिक्षण सुरु गर्दैछ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ६ : २६ बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट