केन्द्रीय कारागारका ५० कैदीबन्दी र ५० सुरक्षाकर्मीमा कोरोना संक्रमण « Khabarhub

केन्द्रीय कारागारका ५० कैदीबन्दी र ५० सुरक्षाकर्मीमा कोरोना संक्रमण


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जगनाथदेवल सुन्धारास्थित केन्द्रीय कारागारका ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मीसहित एक सयजनामा कोरोना सङ्क्रमण देखिएको छ ।

मुलुकको पुरानो र सबैभन्दा बढी कैदीबन्दी रहेको सो कारागारमा उच्च स्वास्थ्य तथा सुरक्षा सतर्कता अपनाउँदा–अपनाउँदै पनि कोरोना सङ्क्रमण देखिएको कारागार व्यवस्थापनले जनाएको छ ।

केन्द्रीय कारागार जगनाथदेवल प्रमुख लक्ष्मीप्रसाद बास्कोटाले ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मी गरी एक सय जनामा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो । तर, अधिकांश सङ्क्रमितमा लक्षण देखिएको छैन ।

‘दुई जनालाई सात दिनमै निको भइसक्यो’ उनले भने, ‘लक्षण देखिएकालाई अस्पताल तथा आइसोलेसन केन्द्रमा लगिएको र सामान्यलाई कारागारमै राखेर योगा तथा घरेलु उपचार विधि अपनाई उच्च मनोबलका साथ प्रतिरोधात्मक क्षमता विस्तार गर्ने कार्य भइरहेको छ ।’

केन्द्रीय कारागारमा तीन हजार २६३ जना कैदीबन्दी रहेका छन् । तीमध्ये केही दीर्घरोगी तथा केहीलाई औषधि उपचारका लागि नियमित अस्पताल लैजानुपर्ने भएकाले कोरोना सङ्क्रमण फैलिएको हुनसक्ने जनाइएको छ ।

कारागार प्रमुख बास्कोटाले बिरामी कैदीबन्दीलाई अस्पताल लैजाने र ल्याउने क्रममा कोरोना सङ्क्रमण देखापरेको बताउनुभयो । ‘सङ्क्रमण भित्रिन नदिन जेलभित्र उच्च सतर्कता अपनाएका छौँ, तर पनि उपचारका लागि अस्पताल जानैपर्ने भएकाले सङ्क्रमण भित्रिएको हो’ उनले‍ भने ।

कारागार व्यवस्थापनले वाह्य व्यक्तिसँगको भेटघाट, कागजपत्र तथा नगद उपलब्ध गराउने जस्ता सम्पूर्ण कार्य स्थगित गरेको छ । औषधि उपचारका लागि अस्पताल लैजाने तथा ल्याउने बाहेकका अन्य सेवा पनि पूर्णरुपमा बन्द गरिएको छ ।

ललितपुरको नख्खुस्थित कारागारले पनि कैदीबन्दी र तीनका आफन्तलगायत वाह्य व्यक्तिसँगको भेटघाट पूर्णरुपमा निषेध गरेको छ । स्वास्थ्य उपचारमा जाने कैदीबन्दी र सुरक्षाकर्मीलाई केही दिन क्वारेण्टाइन र त्यसपछि पीसीआर परीक्षण अनिवार्य गरेको खबर आजको गोरखापत्रले छापेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ६ : ४५ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा