अमेरिकामा प्रदर्शन चर्किएपछि राष्ट्रपति ट्रम्प र बाइडेनबीच आरोप-प्रत्यारोप « Khabarhub

अमेरिकामा प्रदर्शन चर्किएपछि राष्ट्रपति ट्रम्प र बाइडेनबीच आरोप-प्रत्यारोप


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाको पोर्टल्याण्डमा जारी प्रदर्शन हिंसात्मक बनेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिस्पर्धी जो बाइडनबीच  आरोप-प्रत्यारोप चलेको छ ।

ट्रम्पले पोर्टल्याण्डका डेमोक्र्याट मेयर टेड विलरले गर्दा हिंसा चर्किएको भन्दै ‘पोर्टल्याण्डमा मृत्यु र विध्वंशको बाटो खोलेको’ आरोप लगाएका छन्।

बाइडनले भने राष्ट्रपति ट्रम्पले ‘गैरजिम्मेवार तरिकाले हिंसाका लागि मानिसहरूलाई उकासेको र अमेरिकामा ‘घृणा र विभाजनको आगो फुकेको’ आरोप लगाएका छन् ।

आइतवार चरणबद्ध ट्वीट गरेका ट्रम्पले ‘मूर्ख मेयरसँग पोर्टल्याण्डले कहिल्यै पूरानो स्वरूप नपाउने’ बताएका थिए। उनले त्यहाँ केन्द्रबाट सुरक्षाफौज पठाउने चेतावनी पनि दिएका छन् ।

ट्रम्पले बाइडनलाई ‘नेतृत्व गर्न र अपराधविरुद्ध बोल्न नचाएको’ आरोपसमेत लगाएपछि बाइडनले ट्रम्पलाई विज्ञप्ति नै निकालेर जवाफ दिएका छन् ।

‘ट्रम्पलाई कानुनीराजबारे ट्वीट गरेर आफूलाई बलियो देखाउन सकिन्छ भन्ने लाग्दो हो । तर, आफ्ना समर्थकलाई द्वन्द्व रोक्न आह्वान गर्न नसक्नुले उनी कति कमजोर छन् भन्ने देखाउँछ,’ बाइडनले निकालेको विज्ञप्तिमा भनिएको छ ।

शनिवार अमेरिकामा ट्रम्प समर्थक र ब्ल्याक लाइभ्स म्याटर अभियानका सहभागीबीच झडप हुँदा एकजना श्वेत प्रदर्शनकारीको मृत्यु भएको छ । त्यसलगत्तै त्यहाँ प्रदर्शनहरू अझ चर्किएका छन् ।

जोर्ज फ्लोईडको गत मे २५ मा प्रहरी नियन्त्रणमा मृत्यु भएपछि पोर्टल्याण्डमा तीन महिनादेखि रंगभेदविरोधी प्रदर्शन चर्किदै आएका छन् ।

 

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  १० : ०६ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।