सलमान खानले ‘बिग बोस १४’ का लागि लिए यति मोटो रकम ! | Khabarhub Khabarhub

सलमान खानले ‘बिग बोस १४’ का लागि लिए यति मोटो रकम !


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खानले होस्ट गर्दैआएको लोकप्रिय रियालिटी शो ‘बिग बोस’ को १४ औं सिजन छिट्टै शुरु हुँदैछ । भारतीय च्यानलबाट प्रसारण हुने यो शोको दर्शकले प्रतीक्षा गरिरहेका छन् ।

शोको होस्ट गर्ने सलमान खानले महंगो पारिश्रमिक लिएको चर्चा चलेको छ । ‘बिग बोस’का लागि हरेक वर्ष सलमानको पारिश्रमिक बढ्दै आएको छ ।

यो पटक भने पहिलेको तुलनामा धेरै पारिश्रमिक बढेको छ । मिडिया रिपोर्टका अनुसार सलमान खानले यो शोबाट करोडौं रकम लिने भएका छन् ।

खबरका अनुसार ‘बिग बोस १४’ का लागि सलमान खानले करीब २ सय ५० करोड भारु पारिश्रमिक लिनेछन् । यो शोका लागि सलमान खानले हप्तामा एकपटक शूटिङ गर्नेछन् ।

एक हप्तामा सलमान खानलाई २० करोड ५० लाख भारु पारिश्रमिक दिइनेछ । यो हिसाबले उनले एक एपिसोडका लागि१० करोड २५ लाख भारु लिनेछन् ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ५ : ०३ बजे

नमित मल्होत्राको खुलासाः चार हजार करोडको ‘रामायण’ विश्वकै सबैभन्दा ठूलो फिल्म

काठमाडौं – नितेश तिवारीद्वारा निर्देशित रामायण अहिले यसको भव्यता, विशाल

कानूनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

किन फरफराउँछ आँखा ? यस्तो छ कारण

काठमाडौं- हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने

शेखको शतकले भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको

फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? यसो गर्नुहोस्

काठमाडौं- तपाईंको फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? ब्याट्री