कोरोना सङ्क्रमितको उपचार प्लाज्मा थेरापी विधिबाट गरिने « Khabarhub

कोरोना सङ्क्रमितको उपचार प्लाज्मा थेरापी विधिबाट गरिने


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित व्यक्तिको राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट उपचार गरिने भएको छ ।

गम्भीर खालका कोरोना सङ्क्रमित बिरामी देखिए प्लाज्मा थेरापी विधिबाट उपचार गरिने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

प्लाज्मा थेरापी गर्न कोरोना सङ्क्रमित व्यक्ति ठिक भई पिसीआर रिपोर्ट नेगेटिभ आइसकेपछि उसको शरिरमा एन्टीबडी बनेको हुन्छ र उसको प्लाज्मा सङ्क्रमित व्यक्तिमा ट्रान्समिट गर्‍यो भने त्यसले कोरोना भाइरसलाई न्यूटिलाइज गर्ने भन्ने सिद्धान्तका आधारमा यो विधि थालिने सूचना अधिकारी श्रेष्ठले बताए ।

“गम्भीर खालका सङ्क्रमित बिरामीलाई आइसियूमा राखेर डाक्टरको प्रत्यक्ष निगरानीमा प्लाज्मा चढाइन्छ”, श्रेष्ठले भने, “साधारण कोरोना पोजेटिभ बिरामीलाई भने प्लाज्मा चढाइँदैन ।” उनले प्लाज्मा थेरापी विधिबाट उपचार गर्न सेती प्रादेशिक अस्पताल तयार रहेको बताए ।

उनले भने, “त्यसका लागि कोभिड– १९ मुक्त भइसकेका व्यक्तिले रगत दान गर्नुपर्ने हुन्छ र सो रगतबाट नै प्लाज्मा तयार पारी सङ्क्रमितको उपचार गरिने भएको हुँदा सङ्क्रमण मुक्त भएकालाई रक्तदानका लागि आज सूचनामार्फत आग्रह गरेका छौ ।”

यसका लागि कोरोना सङ्क्रमित लक्षणबाट मुक्त भएको दुई हप्ता पुगेको र पीसीआर पद्वतिबाट नेगेटिभ भइसकेको हुनुपर्ने मापदण्ड रहेको बताइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ५ : ५१ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँड गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२