भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन « Khabarhub

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

मुखर्जीको उपचारका क्रममा सोमबार साँझ नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालमा निधन भएको छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् ।

उनले ट्वीटमार्फत बुवाको मृत्यु भएको जानकारी दिएका हुन् ।

अगस्ट १० मा मुखर्जी आफैंले ट्वीट गर्दै आफूलाई कोरोना पुष्टि भएको बताएका थिए ।

कोरोना देखिएपछि मुखर्जीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारका क्रममा उनको निधन भएको हो ।

भारतमा कोरोना संक्रमण तीव्र भएपछि मुखर्जीले भेटघाटलाई कम गरेका थिए । गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ६ : २१ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने