असोज १ गतेसम्म लामो दूरीका यातायात सञ्चालन नगर्ने सरकारको निर्णय « Khabarhub

असोज १ गतेसम्म लामो दूरीका यातायात सञ्चालन नगर्ने सरकारको निर्णय


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायात असोज १ गतेसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठक सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा  सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले असोज १ गतेसम्म सवारी सञ्चालन नगर्ने निर्णय भएको जानकारी दिए।

यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि नचलाउने निर्णय गरिएको उनले बताए।

त्यस्तै असोज १ गतेसम्मका लागि पनि आन्तरिक हवाइ उडान सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। स्थानीय तह र प्रदेश सरकारको विश्लेषणको आधारमा थप निर्णय गरिने अर्थमन्त्री खतिवडाले बताए।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ६ : २५ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ