मुखर्जीको निधनमा दुःख व्यक्त गर्दै प्रचण्डले भने : नेपालले एक अनन्य मित्र गुमायो « Khabarhub

मुखर्जीको निधनमा दुःख व्यक्त गर्दै प्रचण्डले भने : नेपालले एक अनन्य मित्र गुमायो


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनमा दुख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मुखर्जीको निधन भएको समाचारले स्तब्ध तुल्याएको बताएका छन् ।

उनले लेखेका छन् – हार्दिक श्रद्धाञ्जली ! विश्वव्यापी प्राणघातक रोगका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको दुखद् निधन भएको समाचारले स्तब्ध तुल्याएको छ। उहाँको दुखद निधनले दक्षिण एसियाले एक परिपक्व र अनुभवी बौद्धिक नेता एवं नेपालले एक अनन्य मित्र गुमाएको छ।

मैले प्रधानमन्त्रीको हैसियतले राष्ट्रपतिको रुपमा नेपालमा स्वागत गर्न पाएको अबसरको स्मरण गर्दै यस दुखद् क्षणमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त भारत सरकार र सम्पूर्ण भारतीय नागरिकमा गहिरो समवेदना प्रकट गर्दछु।

८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको आज निधन भएको हो ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ८ : ०२ बजे

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि