काठमाडौँको धापासीमा छुरा प्रहार गरी युवकको हत्या, ६ जना पक्राउ « Khabarhub

काठमाडौँको धापासीमा छुरा प्रहार गरी युवकको हत्या, ६ जना पक्राउ


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।

टोखा नगरपालिका–५ धापासी बसेर पेन्टिङको काम गर्दै आएका गोरखाका २४ वर्षीय आशिष मगरको छुरा प्रहार गरी शुक्रबार हत्या भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

हत्या आरोपमा प्रहरीले ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय दिवस अधिकारी, रवी मगरसहित ६ जना छन् । उनीहरुको अरू विवरण खुलाईएको छैन ।

घटनामा संलग्न भएका भनिएका अरू २ जना फरार रहेकाले खोजी जारी रहेको  प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

युवतीको विषयमा ‘ग्याङ फाइट’ हुँदा घटना भएको हुन सक्ने महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक श्यामप्रसाद ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ८ : ०१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया