सौराहामा पर्यटकको चहलपहल बढेपछि व्यवसायी उत्साहित | Khabarhub Khabarhub

सौराहामा पर्यटकको चहलपहल बढेपछि व्यवसायी उत्साहित


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ ।

लकडाउन र निषेधाज्ञापछि पर्व बिदासमेत परेकाले पर्यटकको चहलपहल बढेको हो ।

दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भईरहेका छन् । व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार ३० देखि ३५ प्रतिशत होटल बुकिङ भइरहेका छन् । सुनसान अवस्थामा एकाएक पर्यटक आएपछि बिदामा रहेका कर्मचारी डाकेर होटल सञ्चालकले व्यवस्थापन गरिरहेका छन् ।

उनका अनुसार सबै पर्यटक स्वदेशी हुन् । जिल्लाभन्दा बाहिरका पर्यटक बढी रहेको उनले जानकारी दिए । काठमाण्डौं, पोखरा, वीरगन्ज, बुटवल, नेपालगञ्ज लगायतका क्षेत्रबाट पारिवारिक र समूहगत रुपमा युवाहरु आएको भट्टराईको भनाइ छ ।

उनले भने, ‘यसले निरन्तरता पाए राम्रो हुन्थ्यो, भोलिदेखि के हुन्छ थाहा छैन ।’

गएको चैत ११ गतेबाट बन्द रहेका सौराहाका होटलहरु बीचमा केही समय खुलेको भए पनि पर्यटक आएका थिएनन् । सौराहामा ११० होटल छन् जसमध्ये एक सय हाराहारीले सेवा शुरु गरेका छन् ।

पर्यटकको चहलपहल बढेसँगै रेष्टुरेन्ट पनि खुलेका छन् । होटलमा भन्दा रेष्टुरेन्टको व्यापार बढी छ ।

जिल्लाका आन्तरिक पर्यटक घुमेर रेष्टुरेन्टमा रमाएर साँझ फर्किनेहरु पनि छन् भने बाहिरी जिल्लाका पर्यटक भने साँझ सौराहामा नै बस्ने गरेका छन् ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहामा रहेका ८० रेष्टुरेन्टमध्ये लगभग सबै खुलेका छन् । उनले भने, ‘व्यवसायी उत्साहित भएका छन् । क्रमशः बढ्ने हाम्रो अपेक्षा छ ।’

राप्ती नदीको किनारमा बनाइएका पबमा बिहानदेखि साँझसम्म रमाउने क्रम बढेको उनले जानकारी दिए ।

पर्यटक आएसँगै दैनिक चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी, स्थानीय सामुदायिक वनमा हात्ती सफारी शुरु भएको छ । सौराहाबाट काठमाण्डौं आवतजावत गर्ने पर्यटक बस पनि सञ्चालनमा आएका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष समेत रहेका जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेले दशैँसँगै पर्यटक बढेपछि उत्साह थपिएको बताए ।

आन्तरिक पर्यटक आउने क्रम शुरु भएको भन्दै उनले कोभिड सङ्क्रमण नहोस् भन्नका लागि आवश्यक सम्पूर्ण सुरक्षा मापदण्ड अपनाइएको जानकारी दिए । उनले भने, ‘पाहुनाको स्वास्थ्य सुरक्षाका लागि नेपाल सरकारले तोकेको मापदण्ड हामीले पूरा गरेका छौं ।’

सबै व्यवसायीले सङ्क्रमण फैलिन नदिनका लागि सतर्कता अपनाएको उनको भनाइ छ ।

सात महिनादेखि घरमा नै पट्यारलाग्दो बसाइले गर्दा पनि आन्तरिक पर्यटकहरु घुम्न रुचाएका छन् । सफारीका लागि यो निकुञ्ज प्रख्यात छ ।

स्वदेशी र विदेशी पर्यटक चितवन जङ्गल सफारीका लागि आउने गर्दछन् । दुर्लभ एकसिंगे गैंडा, बाघ, घडियाल गोही जस्ना जनावर, चराचुरुङ्गीको अवलोकन गर्न पर्यटक आउने गर्दछन् ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १२ : ३९ बजे

लुम्बिनीमा चैत महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु

दाङ– लुम्बिनी प्रदेशमा एक महिनाको अवधिमा ४०२ वटा दुर्घटना भएका

गोरखा भूकम्पको १० वर्ष : यस्तो देखियो वसन्तपुर क्षेत्र (तस्बिरहरू) 

काठमाडौं– गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ठूलो भूकम्प गएको १० वर्ष

किभ आक्रमणपछि ट्रम्प आक्रोशित : रुसविरुद्ध कदम चाल्ने चेतावनी

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले युक्रेनमा जारी राखेको

औलोको जोखिममा कञ्चनपुर

कञ्चनपुर– भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिम बढेको छ

आज विश्व औलो दिवस मनाइँदै, अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस पनि आजै

काठमाडौं– आज विश्व औलो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ