स्लोभाकियामा १० वर्षमाथि उमेरका सबैको कोरोना परीक्षण गरिने « Khabarhub

स्लोभाकियामा १० वर्षमाथि उमेरका सबैको कोरोना परीक्षण गरिने


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्लोभाकियाले १० वर्षभन्दामाथि सबैको कोरोना परीक्षण गर्ने तयारी गरेको छ।

संक्रमण बढ्दै गएपछि देशभर परीक्षण गर्ने तयारी गरिएको हो। तर, उक्त कार्य हाल सम्भव हुन सक्ने अवस्था नरहेको भन्दै राष्ट्रपति जुजाना क्यापतोभाले पुनर्विचार गर्ने बताएकी छिन्।

दुई हप्ताको समयमा करिब ४० लाख मानिसको परीक्षण गर्न स्वास्थ्यकर्मीको अभाव हुने देखिएकाले हाललाई सबैको कोरोना परीक्षण गर्ने निर्णयलाई पुनर्विचार गर्न लागिएको हो।

वरिष्ठ सुरक्षा अधिकारीहरुसँग छलफल गरेपछि राष्ट्रपति जुजानाले परीक्षणको मिति पछि सार्न भनेकी हुन्। सुरक्षा अधिकारीहरुले पर्याप्त स्वास्थ्यकर्मी नभएको भन्दै हाललाई ‘मास टेस्टिङ’ केही समयपछि सार्न सुझाव दिएका थिए।

पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न करिब २० हजार स्वास्थ्यकर्मी चाहिनेमा हालसम्म त्यसको ७० प्रतिशतलाई मात्रै भर्ना गरिएको छ।

स्लोभाकियामा ५५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ। हालसम्म कोभिड १९ संक्रमणका कारण २१२ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १२ : ५० बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा