स्लोभाकियामा १० वर्षमाथि उमेरका सबैको कोरोना परीक्षण गरिने « Khabarhub

स्लोभाकियामा १० वर्षमाथि उमेरका सबैको कोरोना परीक्षण गरिने


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्लोभाकियाले १० वर्षभन्दामाथि सबैको कोरोना परीक्षण गर्ने तयारी गरेको छ।

संक्रमण बढ्दै गएपछि देशभर परीक्षण गर्ने तयारी गरिएको हो। तर, उक्त कार्य हाल सम्भव हुन सक्ने अवस्था नरहेको भन्दै राष्ट्रपति जुजाना क्यापतोभाले पुनर्विचार गर्ने बताएकी छिन्।

दुई हप्ताको समयमा करिब ४० लाख मानिसको परीक्षण गर्न स्वास्थ्यकर्मीको अभाव हुने देखिएकाले हाललाई सबैको कोरोना परीक्षण गर्ने निर्णयलाई पुनर्विचार गर्न लागिएको हो।

वरिष्ठ सुरक्षा अधिकारीहरुसँग छलफल गरेपछि राष्ट्रपति जुजानाले परीक्षणको मिति पछि सार्न भनेकी हुन्। सुरक्षा अधिकारीहरुले पर्याप्त स्वास्थ्यकर्मी नभएको भन्दै हाललाई ‘मास टेस्टिङ’ केही समयपछि सार्न सुझाव दिएका थिए।

पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न करिब २० हजार स्वास्थ्यकर्मी चाहिनेमा हालसम्म त्यसको ७० प्रतिशतलाई मात्रै भर्ना गरिएको छ।

स्लोभाकियामा ५५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ। हालसम्म कोभिड १९ संक्रमणका कारण २१२ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १२ : ५० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा