नेयमारलाई फिट हुन केही साता लाग्ने « Khabarhub

नेयमारलाई फिट हुन केही साता लाग्ने


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- खुट्टामा चोट लागेर घाइते भएका ब्राजिलियन स्टार नेयमारलाई फिट हुन केही समय लाग्ने भएको छ ।

च्याम्पियन्स लिग फुटबलको बुधबार भएको इस्लानबुल बासाकेशिरसँगको खेलमा चोट बोक्दै मैदान बाहिरिएका नेयमार कम्तीमा नोभेम्बरको अन्तर्राष्ट्रिय ब्रेकसम्म मैदान बाहिर रहने भएका हुन् ।

२८ वर्षीय नेयरमारको ‘ग्रोइन’मा चोट लागेको र फिट हुन समय लाग्ने चिकित्सकहरूले बताएका छन् ।

‘हामी निराश छौँ’ प्रशिक्षक थोमस टुचेलले भने, ‘उनी अन्तर्राष्ट्रिय ब्रेकपछि फर्किनेछन् । मलाई लाग्दैन, उनी ब्राजिलका लागि खेल्न सक्नेछन् । हामीसंग जुन जानकारी छ, उनी ब्रेकपछि फर्कनेछन् ।’

अन्तराष्ट्रिय ब्रेक अघि पीएसजीले तीन म्याच खेल्नेछ । लिग वानमा शनिबार पीएसजीले नान्टविरुद्ध खेल्नेछ । यस्तै, च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब आरबी लाइपेजिग र अर्को शनिबार रेनेसविरुद्ध खेल्नेछ ।

नेयमार सन् २०१७ मा कीर्तिमानी मुल्यमा पीएसजी आएका थिए । प्रशिक्षक टुचेलले लिग वानको नोभेम्बर २० मा हुने मोनाकाविरुद्धको खेलमा नेयमार फर्कन सक्ने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १ : ३७ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट