नेयमारलाई फिट हुन केही साता लाग्ने « Khabarhub

नेयमारलाई फिट हुन केही साता लाग्ने


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- खुट्टामा चोट लागेर घाइते भएका ब्राजिलियन स्टार नेयमारलाई फिट हुन केही समय लाग्ने भएको छ ।

च्याम्पियन्स लिग फुटबलको बुधबार भएको इस्लानबुल बासाकेशिरसँगको खेलमा चोट बोक्दै मैदान बाहिरिएका नेयमार कम्तीमा नोभेम्बरको अन्तर्राष्ट्रिय ब्रेकसम्म मैदान बाहिर रहने भएका हुन् ।

२८ वर्षीय नेयरमारको ‘ग्रोइन’मा चोट लागेको र फिट हुन समय लाग्ने चिकित्सकहरूले बताएका छन् ।

‘हामी निराश छौँ’ प्रशिक्षक थोमस टुचेलले भने, ‘उनी अन्तर्राष्ट्रिय ब्रेकपछि फर्किनेछन् । मलाई लाग्दैन, उनी ब्राजिलका लागि खेल्न सक्नेछन् । हामीसंग जुन जानकारी छ, उनी ब्रेकपछि फर्कनेछन् ।’

अन्तराष्ट्रिय ब्रेक अघि पीएसजीले तीन म्याच खेल्नेछ । लिग वानमा शनिबार पीएसजीले नान्टविरुद्ध खेल्नेछ । यस्तै, च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब आरबी लाइपेजिग र अर्को शनिबार रेनेसविरुद्ध खेल्नेछ ।

नेयमार सन् २०१७ मा कीर्तिमानी मुल्यमा पीएसजी आएका थिए । प्रशिक्षक टुचेलले लिग वानको नोभेम्बर २० मा हुने मोनाकाविरुद्धको खेलमा नेयमार फर्कन सक्ने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १ : ३७ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न