देशभर ३१ हजार ८ जना कोरोना संक्रमित होम आइसोलेसनमा « Khabarhub

देशभर ३१ हजार ८ जना कोरोना संक्रमित होम आइसोलेसनमा


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ३१ हजार ८ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

शनिबारसम्म ३८ हजार ३५७ जना संक्रिय संक्रमित मध्ये ३१ हजार ८ जना होम आइसोलेसनमा रहेको मंन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ६ सय ९२ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा ६ हजार १ सय ४०, प्रदेश २ मा १ हजार २१, लुम्बिनी प्रदेशमा ३ हजार ४ सय २, सुदूरपश्चिम प्रदेशमा ८ सय ५०, गण्डकी प्रदेशमा १ हजार ३५९ र कर्णाली प्रदेशमा ५४४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ५ : १६ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर