कोरोना महामारीको बेला किन आउँदैछन् भारतीय सेना प्रमुख नेपाल ? « Khabarhub

कोरोना महामारीको बेला किन आउँदैछन् भारतीय सेना प्रमुख नेपाल ?


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय सेना प्रमुख जनरल मनोज मकुन्द नरवणे कात्तिक १९ गतेदेखि तीन दिने नेपालको भ्रमणमा आउँदैछन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेना प्रमुख नरवणे कात्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउने भएका हुन् ।

यसअघि नै उनी नेपाल भ्रमणमा आउने तय भए पनि लकडाउनका कारण भ्रमण स्थगित भएको थियो ।

भ्रमणका क्रममा भारतीय सेनाध्यक्षलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ सेनाप्रमुखको उपाधि प्रदान गर्नेछिन् ।

नेपाल-भारत दुबै मुलुकका सेना प्रमुखलाई एक-अर्काको मुलुकको मानार्थ सेना प्रमुखको उपाधि दिने प्रचलन छ ।

नेपाल-भारत सीमा समस्याले गर्दा दुबै मुलुकको सम्बन्धमा दरार पैदा भएको भन्दै प्रचार गरिएका बेला भारतीय सेना प्रमुखको नेपाल भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतकारुपमा रअ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका थिए ।

भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमणले दुबै मुलुकको सम्बन्धमा थप सुधार हुने अपेक्षा गरिएको छ ।

भारतले नेपाललाई कोरोना महामारीविरुद्ध लड्‍न सहयोग समेत प्रदान गर्दैआएको छ । महामारीका लागि भारत सरकारले पटक-पटक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

भारतीय सेनाले पनि नेपाली सेनालाई कोभिड-१९ विरुद्ध लड्‌नका लागि स्वास्थ्य उपकरण प्रदान गरेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ६ : ५८ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष