यी हुन ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेका १३ जिल्ला  « Khabarhub

यी हुन ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेका १३ जिल्ला 


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार नेपालका १३ जिल्लामा ५ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित रेहेका छन् ।

झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर,भक्तपुर,चितवन, मकवानपुर, काभ्रे, कास्की, पूर्वीनवलपरासी, दाङ र रुपन्देहीमा पाँच सय जनाभन्दा बढी संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको तथ्यांक अनुसार झापामा ९ सय ३५ उपचाररत छन्। २ हजार ३ सय १६ जनामा कोरोना भएको झापामा कोरोनामुक्त हुनेको संख्या १ हजार ३ सय ७० पुगेको छ। त्यस्तै झापामा कोरोनाकै कारण ११ जनाको मृत्यु भइसकेको छ।

मोरङमा २ हजार ८ सय २२ उपचाररत छन्। ९ हजार १ सय ६४ कुल संक्रमित, ६ हजार २ सय ९६ संक्रमणमुक्त भएका छन् भने ४६ संक्रमितको मृत्यु भएको छ।

सुनसरीमा पनि १ हजार ९ सय ५७ संक्रमित उपचाररत छन्। ६ हजार ३ सय २६ कुल संक्रमित, ४ हजार ३ सय १७ निको भएका र ५२ संक्रमितको मृत्यु भएको छ।

काठमाडौंमा भने १६ हजार ८ सय ९० संक्रमित उपचाररत छन्। कुल संक्रमित ६१ हजार ८ सय ५५ पुगेको काठमाडाैंमा ४४ हजार ७ सय ४६ जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यस्तै १९ जनाको मृत्यु भइसकेको छ।

१ हजार १ सय ५१ संक्रमित भक्तपुरमा पनि उपचाररत छन्। कुल संक्रमित ५ हजार ६ सय ९९ भएको भक्तपुरमा ४ हजार ४ सय ८२ संक्रमणमुक्त भएका र ६६ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै ललितपुरमा उपचार गराउनेको संख्या २ हजार ३ सय ३ पुगेको छ। कुल संक्रमित ८ हजार ७ सय ९४ रहेको यहाँ ६ हजार ४ सय ३१ निको भएका र ६० जनाको मृत्यु भएको छ।

काभ्रेपलाञ्चोकमा पनि ५ सय ३६ संक्रमित उपचाररत छन्। १ हजार ६ सय ८२ जनामा संक्रमण भइसकेको यहाँ मृत्यु हुनेको संख्या १० पुगिसकेको छ। चितवनमा उपचाररत संक्रमितको संख्या १ हजार ३ सय ६१ छ। कुल संक्रमित ४ हजार ८ सय ७ रहेको यहाँ ३ हजार ४ सय निको भएका र ४५ को मृत्यु भएको छ।

मकवानपुरमा उपचार गर्नेको संख्या ७ सय ७६ पुगेको छ भने निको भएका २ हजार ४ सय ४० जना छन्। २० जनाको मृत्यु भइसकेको मकवानपुरमा कुल संक्रमित ३ हजार २ सय ३६ जना थिए।

कास्कीमा पनि उपचाररत संक्रमितको संख्या ९ सय ६१ पुगिसकेको छ। कुल संक्रमित २ हजार ५ सय ७४ पुगेको कास्कीमा १ हजार ५ सय ९४ जना उपचारपछि निको भएका छन् भने १९ जनाको कोरोनाकै कारण निधन भएको छ।

पूर्वी नवलपरासीमा पनि सक्रिय संक्रमित संख्या ५ सय २५ छ। कुल संक्रमित १ हजार ९ सय ८५ पुगेको यहाँ १ हजार ४ सय ५५ जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यस्तै ५ जनाको यहाँ मृत्यु भइसकेको छ।

दाङमा पनि उपचार गराउने संक्रमित संख्या ६ सय ५६ पुगिसकेको छ। कुल संक्रमित २ हजार ३ सय ९३ छन् भने निको हुनेको संख्या १ हजार ७ सय ३३ पुगेको छ। त्यस्तै दाङमा ४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

रुपन्देहीमा उपचाररत १ हजार ३ सय ३८ र कुल संक्रमित ६ हजार १ सय ७१ छ। यहाँ निको हुनेको संख्या ४ हजार ७ सय ८१ पुगेको छ भने ५२ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार मुलुकभर हालसम्म ३८ हजार ५ सय ८४ संक्रमित उपचाररत छन्।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ८ : ३० बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै