यी हुन ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेका १३ जिल्ला  | Khabarhub Khabarhub

यी हुन ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेका १३ जिल्ला 


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार नेपालका १३ जिल्लामा ५ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित रेहेका छन् ।

झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर,भक्तपुर,चितवन, मकवानपुर, काभ्रे, कास्की, पूर्वीनवलपरासी, दाङ र रुपन्देहीमा पाँच सय जनाभन्दा बढी संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको तथ्यांक अनुसार झापामा ९ सय ३५ उपचाररत छन्। २ हजार ३ सय १६ जनामा कोरोना भएको झापामा कोरोनामुक्त हुनेको संख्या १ हजार ३ सय ७० पुगेको छ। त्यस्तै झापामा कोरोनाकै कारण ११ जनाको मृत्यु भइसकेको छ।

मोरङमा २ हजार ८ सय २२ उपचाररत छन्। ९ हजार १ सय ६४ कुल संक्रमित, ६ हजार २ सय ९६ संक्रमणमुक्त भएका छन् भने ४६ संक्रमितको मृत्यु भएको छ।

सुनसरीमा पनि १ हजार ९ सय ५७ संक्रमित उपचाररत छन्। ६ हजार ३ सय २६ कुल संक्रमित, ४ हजार ३ सय १७ निको भएका र ५२ संक्रमितको मृत्यु भएको छ।

काठमाडौंमा भने १६ हजार ८ सय ९० संक्रमित उपचाररत छन्। कुल संक्रमित ६१ हजार ८ सय ५५ पुगेको काठमाडाैंमा ४४ हजार ७ सय ४६ जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यस्तै १९ जनाको मृत्यु भइसकेको छ।

१ हजार १ सय ५१ संक्रमित भक्तपुरमा पनि उपचाररत छन्। कुल संक्रमित ५ हजार ६ सय ९९ भएको भक्तपुरमा ४ हजार ४ सय ८२ संक्रमणमुक्त भएका र ६६ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै ललितपुरमा उपचार गराउनेको संख्या २ हजार ३ सय ३ पुगेको छ। कुल संक्रमित ८ हजार ७ सय ९४ रहेको यहाँ ६ हजार ४ सय ३१ निको भएका र ६० जनाको मृत्यु भएको छ।

काभ्रेपलाञ्चोकमा पनि ५ सय ३६ संक्रमित उपचाररत छन्। १ हजार ६ सय ८२ जनामा संक्रमण भइसकेको यहाँ मृत्यु हुनेको संख्या १० पुगिसकेको छ। चितवनमा उपचाररत संक्रमितको संख्या १ हजार ३ सय ६१ छ। कुल संक्रमित ४ हजार ८ सय ७ रहेको यहाँ ३ हजार ४ सय निको भएका र ४५ को मृत्यु भएको छ।

मकवानपुरमा उपचार गर्नेको संख्या ७ सय ७६ पुगेको छ भने निको भएका २ हजार ४ सय ४० जना छन्। २० जनाको मृत्यु भइसकेको मकवानपुरमा कुल संक्रमित ३ हजार २ सय ३६ जना थिए।

कास्कीमा पनि उपचाररत संक्रमितको संख्या ९ सय ६१ पुगिसकेको छ। कुल संक्रमित २ हजार ५ सय ७४ पुगेको कास्कीमा १ हजार ५ सय ९४ जना उपचारपछि निको भएका छन् भने १९ जनाको कोरोनाकै कारण निधन भएको छ।

पूर्वी नवलपरासीमा पनि सक्रिय संक्रमित संख्या ५ सय २५ छ। कुल संक्रमित १ हजार ९ सय ८५ पुगेको यहाँ १ हजार ४ सय ५५ जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यस्तै ५ जनाको यहाँ मृत्यु भइसकेको छ।

दाङमा पनि उपचार गराउने संक्रमित संख्या ६ सय ५६ पुगिसकेको छ। कुल संक्रमित २ हजार ३ सय ९३ छन् भने निको हुनेको संख्या १ हजार ७ सय ३३ पुगेको छ। त्यस्तै दाङमा ४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

रुपन्देहीमा उपचाररत १ हजार ३ सय ३८ र कुल संक्रमित ६ हजार १ सय ७१ छ। यहाँ निको हुनेको संख्या ४ हजार ७ सय ८१ पुगेको छ भने ५२ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार मुलुकभर हालसम्म ३८ हजार ५ सय ८४ संक्रमित उपचाररत छन्।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ८ : ३० बजे

चार कार्यालयबाट सुरु भयो लाइसेन्सको ट्रायल परीक्षा 

काठमाडौं– यातायात व्यवस्था विभागले सवारीचालक अनुमपतिपत्र (लाइसेन्स)का लागि आजबाट लिखित

धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग

काठमाडौं– घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक

मेलम्चीको अवरोध हटाउन कुलमानले गरे हेलम्बुका अध्यक्षसँग वार्ता

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र

भक्तपुर क्यान्सर अस्पतालको नयाँ प्रयोगशाला सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– भक्तपुर क्यान्सर अस्पतालले नवनिर्मित प्रयोगशाला सञ्चालनमा ल्याएको छ । 

मधेशमा सात दलको आक्रोश : पुलिसलाई धक्का-मुक्का, कर्मचारीलाई कुटे, गमला फुटाए, राष्ट्रिय झण्डा पनि फ्याँके

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई रातारात मुख्यमन्त्री