मुम्बईसँग दिल्ली ९ विकेटले पराजित « Khabarhub

मुम्बईसँग दिल्ली ९ विकेटले पराजित


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साविक विजेता मुम्बई इन्डियन्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

आजको पहिलो खेलमा मुम्बईले दिल्लीलाई ९ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ११ रनको लक्ष्य मुम्बईले १४ ओभर २ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्‍यो ।

मुम्बईको जितमा इशान किशनले अविजित रहदै ७२ रनको अर्धशतकीय इनिङ्स खेले ।

क्विन्टन डी ककले २६ रन जोड्दा सूर्यकुमार यादब १२ रनमा अविजि रहे । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।

खराब ब्याटिङ गरेको दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक २५ रन जोड्दा ऋषब पन्तले २१ रन बनाए । शिम्रन हिटमायरले ११ रन बनाउदा ओपनर पृथ्वी शले १० रन जोडे । रविचन्द्र आश्विनले १२ रन बनाउँदा शिखर धवन सुन्य रनमा आउट भए ।

कागिसो राबडा १२ रनमा आउट हुँदा प्रविन डुबे ७ रनमा अविजित रहे । मुम्बईका जस्प्रित बुम्राह र ट्रेन्ट बोल्टले समान ३/३ विकेट लिए । राहुल चाहर र नाथन कल्टरले १/१ विकेट लिए ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ७ : ०६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका