भिटेनले मागे माफी, अब ‘पारा’ गीत संशोधन गरेर ल्याइने « Khabarhub

भिटेनले मागे माफी, अब ‘पारा’ गीत संशोधन गरेर ल्याइने


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- र्‍यापर भिटेन अर्थात समिर घिसिङले आफ्नो नयाँ र्‍याप ‘पारा’ संशोधनसहित नयाँ म्यूजिक भिडियो ल्याउने भएका छन्।

आज विज्ञप्ति जारी गर्दै उनले गीतमा प्रयोग भएका आपत्तिजनक शब्दहरुका कारण पर्न गएको असुविधा तथा चोट प्रति क्षमा माग्दै संशोधित नयाँ म्युजिक भिडियो ल्याउन जनाएका छन् ।

उनले नयाँ गीतबाट कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संशोधन गरिने उल्लेख गरेका छन्।

“सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्यूजिक भिडिओमा प्रयोग भएका केही शब्दहरुबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्दछौं,” विज्ञप्तिमा भनिएको छ, “उक्त म्युजिक भिडिओलाई अनाधिकृत रुपमा कुनै पनि माध्यमबाट अपलोड नगरिदिन हुन आग्रह गर्दै आधिकारीक च्यानलबाट चाँडै नै संशाेधित भिडिओ प्रसारण हुने जानकारी गराउँदछौं।”

उनको गीतमा केही अश्लिल शब्द प्रयोग गरिएपछि प्रहरी प्रधान कार्यालयले छानविनका लागि साइबर ब्यूरोलाई निर्देशन दिएको थियो। प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको थियो।

प्रहरीले अनुसन्धान थालेपछि भिटेनले उक्त गीत प्राइभेट गराएका थिए। युट्युबको ट्रेण्डिङ एकमा रहेको उक्त गीतमा १० लाखभन्दा बढी भ्यूज गइसकेको थियो। विवादमा मुछिएपछि उनले १३ गते नै उक्त गीत युट्युबबाट हटाइसकेका छन्।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ९ : ३७ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को