नर्वेमा पहिरो : २० जना बेपत्ता, सयौँ विस्थापित | Khabarhub Khabarhub

नर्वेमा पहिरो : २० जना बेपत्ता, सयौँ विस्थापित


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नर्वेमा भएको पहिरोसम्बन्धी घटनाका कारण अहिलेसम्म २० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् ।

घटनामा अरु १० जना घाइते भएका छन् भने ५०० भन्दा बढी विस्थापित भएको अधिकारीहरूले जनाएका छन् ।

पहिरोको घटना ओस्लो नजिकैको एउटा सानो गाउँमा भएको स्थानीय प्रहरी र सञ्चारमाध्यमहरूले जनाएका छन् ।

‘घटनास्थलका सयौँ घर बगाएको वा पुरिएको पनि अधिकारीहरूले जनाएका छन् । धेरै घरहरू पहिरोले नष्ट गरेको छ, उनीहरू केही पुरिएको छ भने केही बगाएको छ,’ एक प्रहरीले भने ।

घटनाका बारेमा जानकारी प्राप्त हुनासाथ उद्धारकर्ताहरूको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धारमा खटिएको थियो ।

झण्डै दुई लाख १० हजार बर्गमिटर क्षेत्रफलको भूमिमा पहिरो गएको हो । ‘त्यस क्षेत्रमा झण्डै पाँच सय मानिस बस्ने गर्दथ्ये । उनीहरू अहिले विस्थापित भएका छन्,’ अर्का एक अधिकारीले भने ।

प्रहरीले थपे, ‘अहिले सम्पर्क विहीन भएका व्यक्तिहरूलाई खोजी गर्ने वा सम्पर्क गर्ने प्रयास प्रहरीले गरिरहेको छ, तर अहिलेसम्म केही पत्ता लगाउन सकेको छैन ।’

घाइते दश जनामध्ये नौ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  गम्भीर अवस्थामा रहेका एक जनालाई भने थप उपचारका लागि ओस्लो पठाइएको प्रहरीले जनाएको छ ।

पहिरोबाट पीडितहरूले प्रहरीलाई फोन गरेर पहिरोले आफूहरूको घर नै बगाएको जानकारी दिएका थिए । पहिरो आउनु, घर बगाउनु नाटक वा सपना जस्तै भएको पीडितहरूको भनाइ छ ।

नर्वेका प्रधानमन्त्री इर्ना सेल्बेर्गले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनले पीडितहरूलाई राहत तथा सहयोगको व्यवस्था हुने विश्वास पनि दिलाएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ६ : २९ बजे

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं– सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो

उद्योग संगठन मोरङले गर्‍यो श्रमिकलाई सम्मान

मोरङ – १३५औं अन्तरराष्ट्रिय श्रमिक दिवस (मे डे) अवसरमा उद्योग

सप्तरीमा तीन लाख बराबरको धनमाल चोरी

सप्तरी– सप्तरीमा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।

पाकिस्तान र इरानबाट दुई हजारभन्दा बढी अफगान आप्रवासी निर्वासित

इस्लामबाद– पाकिस्तान र इरानले निष्कासन गरेपछि दुई हजारभन्दा बढी अफगान

आगलागीबाट १४ लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं– भक्तपुर र उदयपुरमा आगलागीबाट १४ लाख रुपैयाँ बराबरको धनमाल