आज राष्ट्रिय मेलमिलाप दिवस, मुलुकभर कांग्रेसले विविध कार्यक्रम गर्दै « Khabarhub

आज राष्ट्रिय मेलमिलाप दिवस, मुलुकभर कांग्रेसले विविध कार्यक्रम गर्दै


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज ४५औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस ।

जननायक बीपी कोइराला लगायतका नेताले निर्वासित जीवन अन्त्य गरेर भारतबाट स्वेदश फर्किएको दिनको सम्झनामा नेपाली कांग्रेसले आव विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछ ।

विसं २०१७ सालमा तत्कालीन राजा महेन्द्रले पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई बर्खास्त गरेका थिए ।

कोइराला सरकारलाई बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था सुरु गरेपछि कोइरालासहितका नेता जेल परेका थिए ।

जेलमुक्त भएपछि २०२५ सालमा बीपीसहितका कांग्रेस नेता भारत निर्वासित भएका थिए । आठ वर्षको निर्वासनपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरू बीपी, गणेशमान सिंहलगायतका नेताहरू राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए ।

यही दिनको सम्झना एवं सम्मानमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने गरिएको छ ।

राष्ट्रियता, प्रजातन्त्र स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेका बीपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको राजनैतिक विचार अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तथा आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै ४५ वर्ष अघि अवलम्बन गरेको नीति अहिले पनि अति सान्दर्भिक रहेको कांग्रेस नेताहरुको भनाइ छ ।

यस वर्षको दिवसमा कांग्रेसले सरकारले गरेको प्रतिनिधिसभा विघटनविरूद्धको कदमबारे जनतालाई सुसुचित गराउँदै मनाउँने जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ८ : ४० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल