कतारका अमीरले पनि लगाए कोरोनाविरूद्धको खोप « Khabarhub

कतारका अमीरले पनि लगाए कोरोनाविरूद्धको खोप


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारका अमीर शेख तमीम बिन हमाद अल थानीले पनि कोरोना बिरुद्धको पहिलो खोप लगाएका छन् ।

कतारमा फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरूद्धको खोप सुरु भएसंगै बुधबार अमीर थानीले पनि खोप लगाएका हुन् ।

‘मैले कोभिड-१९ विरुद्धको खोप लिएँ, म सबैलाई यस महामारीबाट सुरक्षित रहन कामना गर्दछु,’ अमिरले आफ्नो इन्स्टाग्राम तस्वीरसहित पोष्ट गरेको पेनिन्सुला पत्रिकाले जनाएको छ ।

कतारमा कोभिड १९ खोप अभियानमा एक हप्तादेखि जारी रहेको र खोप पश्चात कुनै गम्भीर साइड इफेक्ट देखानपरेको जनाएको छ ।

खोप लिनेहरूको थोरै संख्याले इन्जेक्शन साइटमा कम ग्रेड ज्वरो, हल्का टाउको दुख्ने, थकान र दुखाइ जस्ता धेरै सामान्य साइड इफेक्टहरू आएको बताएका छन् जुन सामान्यतया अन्य खोपहरूसँग देखिन्छ।

पहिलो चरणको खोप डिसेम्बर २३ देखि जनवरी ३१ सम्म चल्नेछ । यो चरणमा ७० वर्ष वा माथि उमेरका सबै, कोभिड–१९ मा खटिएका स्वास्थ्यकर्मीहरू र अन्य कर्मचारीहरू, मन्त्रालयहरूमा महत्त्वपूर्ण भूमिका खेल्ने कर्मचारीहरुले खोप लगाईरहेका छन् ।

यसैगरी १६ बर्ष वा माथि उमेरका गम्भीर र दीर्घ रोगी  र वृद्धहरूका लागि खोप उपलब्ध हुनेछ ।

कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप निशुल्क रुपमा उपलब्ध गराईसक्ने जनाएको छ ।

 

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ९ : १० बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले