किन खाने बोक्रासहितको स्याउ ? यी हुन् ८ कारण « Khabarhub

किन खाने बोक्रासहितको स्याउ ? यी हुन् ८ कारण


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली बजारमा स्याउ जुनै महिनामा पनि सहजै पाउन सकिन्छ । स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी स्याउलाई कतिपय मानिस बोक्रा निकालेर खाने गर्दछन् ।

स्याउलाई ब्रोकासहित खानाले यसमा भएका सम्पूर्ण तत्व शरीरले पाउनुको साथै कैयौं प्रकारका रोगबाट समेत बचाउँछ । स्याउलाई बोक्रासहित खादाँ निम्न फाइदा पाउन सकिन्छ :

१. क्यान्सर
बोक्रासहित स्याउ खाए फाइबर, क्याल्सियम, एन्टिअक्सिडेन्ट, प्लेबिनाइड, फाइटोकेमिकल्स पाइन्छ । जसले मोटोपना घटाउनुका साथै कलेजो, स्तन र आन्द्राको क्यान्सरबाट बचाउँछ ।

२. मोतियाविन्दु
बोक्रासहित स्याउको सेवन गरेमा आँखामा हुने मोतियाविन्दुको समस्याबाट बचाउन मद्दत गर्छ । साथै आँखासम्बन्धि अन्य रोग पनि लाग्ने संभावना न्युन हुन्छ ।

३. ब्लड सुगर
मधुमेहका विरामीलाई पनि बोक्रासहितको स्याउको सेवन फाइदाजनक मानिन्छ । यसले सुगरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

४. पित्तथैलीको पत्थरी
बोक्रासहितको फाइबरयुक्त स्याउको सेवनले पित्तथैलीमा जमेर बसेको कोलेस्टेरोल बाहिर निकाल्न मद्दत गर्दछ । जसले पित्तथैलीमा पत्थरी हुन पाउँदैन ।

५. मष्तिकको कोष
बोक्रासहितको स्याउ सेवनले दिमाग तेजिलो हुनुका साथै मस्तिष्कको कोषिकालाई समेत स्वस्थ राख्न सघाउ पुर्‍याउँछ ।

६. दाँतको सडन
स्याउमा टुथपेस्टको गुण हुने भएकाले यसले दाँतको पहेँलोपना हटाउन तथा दाँतलाई स्वस्थ राख्न उपयोगी मानिन्छ । यसलाई चपाएर खादाँ दाँतको जिद्दी दागबाट समेत छुटकारा पाउन सकिन्छ । साथै दातमा क्याभिटी हुनबाट बचाउँछ ।

७. हड्डी दह्रो बनाउन
स्याउमा एन्टिअक्सिडेन्ट तत्व हुनुका साथै भरपूर मात्रामा क्याल्सियम पाइन्छ । जसले हड्डी मजबुत बनाउनुको साथै टुट्नबाट समेत बचाउँछ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ९ : ४५ बजे

दल दर्ता गर्दैमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्न मिल्दैन: शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा राजनीति दलहरू

एकताका विषयमा भएका छलफलबारे रास्वपाको सचिवालय बैठकमा ब्रिफिङ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा एकता तथा सहकार्यका लागि विभिन्न व्यक्ति

१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी

काठमाडौँ- नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः

‘डिजिटल हिंसा पनि हिंसा हो’

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको

सरकारको प्राथमिकता नै निर्वाचन हो: गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले