किन खाने बोक्रासहितको स्याउ ? यी हुन् ८ कारण « Khabarhub

किन खाने बोक्रासहितको स्याउ ? यी हुन् ८ कारण


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली बजारमा स्याउ जुनै महिनामा पनि सहजै पाउन सकिन्छ । स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी स्याउलाई कतिपय मानिस बोक्रा निकालेर खाने गर्दछन् ।

स्याउलाई ब्रोकासहित खानाले यसमा भएका सम्पूर्ण तत्व शरीरले पाउनुको साथै कैयौं प्रकारका रोगबाट समेत बचाउँछ । स्याउलाई बोक्रासहित खादाँ निम्न फाइदा पाउन सकिन्छ :

१. क्यान्सर
बोक्रासहित स्याउ खाए फाइबर, क्याल्सियम, एन्टिअक्सिडेन्ट, प्लेबिनाइड, फाइटोकेमिकल्स पाइन्छ । जसले मोटोपना घटाउनुका साथै कलेजो, स्तन र आन्द्राको क्यान्सरबाट बचाउँछ ।

२. मोतियाविन्दु
बोक्रासहित स्याउको सेवन गरेमा आँखामा हुने मोतियाविन्दुको समस्याबाट बचाउन मद्दत गर्छ । साथै आँखासम्बन्धि अन्य रोग पनि लाग्ने संभावना न्युन हुन्छ ।

३. ब्लड सुगर
मधुमेहका विरामीलाई पनि बोक्रासहितको स्याउको सेवन फाइदाजनक मानिन्छ । यसले सुगरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

४. पित्तथैलीको पत्थरी
बोक्रासहितको फाइबरयुक्त स्याउको सेवनले पित्तथैलीमा जमेर बसेको कोलेस्टेरोल बाहिर निकाल्न मद्दत गर्दछ । जसले पित्तथैलीमा पत्थरी हुन पाउँदैन ।

५. मष्तिकको कोष
बोक्रासहितको स्याउ सेवनले दिमाग तेजिलो हुनुका साथै मस्तिष्कको कोषिकालाई समेत स्वस्थ राख्न सघाउ पुर्‍याउँछ ।

६. दाँतको सडन
स्याउमा टुथपेस्टको गुण हुने भएकाले यसले दाँतको पहेँलोपना हटाउन तथा दाँतलाई स्वस्थ राख्न उपयोगी मानिन्छ । यसलाई चपाएर खादाँ दाँतको जिद्दी दागबाट समेत छुटकारा पाउन सकिन्छ । साथै दातमा क्याभिटी हुनबाट बचाउँछ ।

७. हड्डी दह्रो बनाउन
स्याउमा एन्टिअक्सिडेन्ट तत्व हुनुका साथै भरपूर मात्रामा क्याल्सियम पाइन्छ । जसले हड्डी मजबुत बनाउनुको साथै टुट्नबाट समेत बचाउँछ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ९ : ४५ बजे

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले देशका विभिन्न

शिशुवा-खुदीखोला सडक स्तरोन्नति

गण्डकी– पोखरा महानगरपालिका–३० शिशुवादेखि खुदीखोलासम्म ४.१४ किलोमिटर सडक विस्तारसँगै स्तरोन्नति

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

कर्णाली–  ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र

भोटखोलाका एक हजार बढी नागरिकले सीमापास लिए

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट

कृषिउपज संकलन केन्द्र सञ्चालनमा

दमौली– निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज