काठमाडौँको तापक्रम झर्‍यो १ डिग्रीभन्दा तल पुग्यो « Khabarhub

काठमाडौँको तापक्रम झर्‍यो १ डिग्रीभन्दा तल पुग्यो


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकामा बिहीबार तापक्रम १ डिग्रीभन्दा तल झरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ०.८ डिग्री मापन भएको छ।

बुधबार दिउँसो काठमाडौंको तापक्रम १६.६ डिग्रीसम्म पुगेको थियो। बिहीबार जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ डिग्री पुगेको छ भने दीपायलमा ०.४, वीरेन्द्रनगरको १.९ डिग्री सेल्सियस मापन भएको छ।

तराईका सहरहरूमा नेपालगञ्जमा न्यूनतम तापक्रम ४ डिग्री पुगेको छ भने विराटनगर, भैरहवा, जनकपुर र विराटनगरको तापक्रम ६ डिग्रीभन्दा माथि छ। पूर्वानुमान महाशाखाले अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस १६ गते (बिहीबार)

दिउँसो : प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : प्रदेश १ मा आंशिक बदली, सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पुस १७ गते (शुक्रबार)

दिउँसो : प्रदेश १ र सुदुरपश्चिम प्रदेश का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : प्रदेश १ , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भाग साथै सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पुस १८ गते (शनिबार)

दिउँसो : लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदुरपश्चिम प्रदेशका १-२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  १० : ५३ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८३ साल वैशाख ११ गते शुक्रबार। वैशाख

आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ११ गते शुक्रबार। वैशाख

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको