अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले आन्दोलन गर्दैन:  देउवा | Khabarhub Khabarhub

अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले आन्दोलन गर्दैन:  देउवा


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई असर पर्ने गरी कांग्रेसले आन्दोलन नगर्ने प्रष्ट पारेका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम असंवैधानिक भए पनि अदालतमा मुद्दा परेकाले त्यसकाविरूद्ध कांग्रेसले आन्दोलन गर्ने प्रष्ट्याएका हुन् ।

ओलीको यो निर्णय असंवैधानिक, अप्रजातान्त्रिक र अलोकतान्त्रिक भएको टिप्पणी गर्दै ओलीले भने, ‘हामीले अदालतको विचाराधीन मुद्दामा प्रभाव पार्ने किसिमले आन्दोलनमार्फत् यसो गर, उसो गर, भन्दै धम्क्याउनु तर्साउनु उचित हुँदैन । अदालतको निर्णयलाई पनि पर्खिनुपर्छ ।’

प्रजातन्त्र, मानवअधिकार जस्ता व्यवस्था जनताले लडेर ल्याएकाले त्यो कसैले पनि खोस्न नसक्ने पनि उनले बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरूद्ध सडक आन्दोलन तताउने वा अदालतको आदेश पर्खने भन्ने विवादकाबीच देउवाको पछिल्लो अभिव्यक्तिसँगै नेपाली कांग्रेस तत्काल सडक आन्दोलनमा नजाने भएको छ ।

कांग्रेसले यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको दबाबकाबीच पुस १३ मा देशव्यापी प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ११ : ४७ बजे

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन स् अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी