अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले आन्दोलन गर्दैन:  देउवा « Khabarhub

अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले आन्दोलन गर्दैन:  देउवा


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई असर पर्ने गरी कांग्रेसले आन्दोलन नगर्ने प्रष्ट पारेका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम असंवैधानिक भए पनि अदालतमा मुद्दा परेकाले त्यसकाविरूद्ध कांग्रेसले आन्दोलन गर्ने प्रष्ट्याएका हुन् ।

ओलीको यो निर्णय असंवैधानिक, अप्रजातान्त्रिक र अलोकतान्त्रिक भएको टिप्पणी गर्दै ओलीले भने, ‘हामीले अदालतको विचाराधीन मुद्दामा प्रभाव पार्ने किसिमले आन्दोलनमार्फत् यसो गर, उसो गर, भन्दै धम्क्याउनु तर्साउनु उचित हुँदैन । अदालतको निर्णयलाई पनि पर्खिनुपर्छ ।’

प्रजातन्त्र, मानवअधिकार जस्ता व्यवस्था जनताले लडेर ल्याएकाले त्यो कसैले पनि खोस्न नसक्ने पनि उनले बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरूद्ध सडक आन्दोलन तताउने वा अदालतको आदेश पर्खने भन्ने विवादकाबीच देउवाको पछिल्लो अभिव्यक्तिसँगै नेपाली कांग्रेस तत्काल सडक आन्दोलनमा नजाने भएको छ ।

कांग्रेसले यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको दबाबकाबीच पुस १३ मा देशव्यापी प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ११ : ४७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा