नौ महिनापछि सुन चोरीका अभियुक्त पक्राउ « Khabarhub

नौ महिनापछि सुन चोरीका अभियुक्त पक्राउ


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महानगरीय प्रहरी वृत्त बौद्धले नौ महिनाको अनुसन्धानपछि सुनचाँदी चोर्ने भनिएको समूहलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नवीन कार्कीका नेतृत्वमा सुनचाँदी चोरी गर्ने सात अभियुक्त लागुऔषधसहित पक्राउ परेका हुन् ।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार झापा स्थायी ठेगाना भई काठमाडौँ आरुबारी बस्ने २७ वर्षीय सोनाम लामा उक्त चोरी समूहको मुख्य नाइके हुन् ।

उनीसँगै चोरी तथा लागुऔषधमा संलग्न झापा कन्काईका २५ वर्षीय सनम माझी, शिवसताक्षीका २३ वर्षीय विजय लिम्बू, भोजपुर पौवादुङ्माका ३२ वर्षीय सन्तोष विक र  ३५ वर्षीय सूर्यबहादुर श्रेष्ठ तथा  सिन्धुपाल्चोका ३७ वर्षीय सञ्जीव तामाङ र भारतीय युवराज बलु बबर छन् ।

लामो समयदेखि चोरीमा संलग्न  अभियुक्तको खोजतलासमा प्रहरीले निकै मेहनत गरेको थियो । सात जनालाई बुधबार  पक्राउ गरी खोजतलास गर्दा सबै घटनाक्रम खुल्न आएको हो ।

काठमाडौँको बौद्ध क्षेत्रलाई लक्ष्य गरी लामो समयदेखि सो समूह चोरीमा संलग्न रहेको खुल्न आएको छ । दिउँसो घरमा कोही नभएका अवस्थामा तथा बन्द रहेका सटर र ढोका फोरेर चोरी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

चोरी समूहमा संलग्न अभियुक्तका साथबाट प्रहरीले औँठी र  सिक्री गरी ६४ तोला ३४ लाल सुन, पाँच किलो ६९३ ग्राम चाँदी र रु पाँच लाख ३३ हजार ७०  बरामद गरको छ ।

प्रहरीले चोरीका मुख्य अभियुक्त  लामा र  अन्य अभियुक्तका कोठा तथा  बबरको पसलबाट गरी सुनचाँदी बरामद गरेको हो ।

विभिन्न घर तथा पसलबाट चोरी गरेको सुन अभियुक्तले जोरपाटी बराल पेट्रोल पम्प नजीकैको गणेश टन्च सेन्टर नामको सुनचाँदी परीक्षण केन्द्रमा लगेर त्यसको स्वरुप परिर्वतन गरी बेच्ने गरेको पाइएको छ ।

चोरीमा सहयोग गर्दै  सामानको स्वरुप परिर्वन गरी बिक्रीवितरण गर्ने पसल सञ्चालक २३ वर्षीय बबरलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । उनले सञ्चालन गर्दै आएको उक्त पसल हालसम्म दर्ता नभएको प्रहरीले बताएको छ ।

हालसम्म सुनचाँदी र नगद चोरी भएको जनाउँदै महानगरीय प्रहरी वृत्त बौद्धमा नौ जनाले जाहेरी दिइसकेको तथा एक जनाले जानकारी मात्र दिएको बौद्ध प्रहरी प्रमुख कार्कीले बताए ।

प्रहरीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन २७ ग्राम, रु पाँच लाख ३२ हजार, अमेरिकी डलर ६, ६० तोला ८७ लाल सुन, पाँच किलो ६९३ ग्राम चाँदीसहित लुटपाटमा प्रयोग भएको वाग्मती प्रदेश ०२०२० प ६६११ र वाग्मती प्रदेश ०२–००५ प ३८३५ नं को स्कुटर बरामद गरेको छ ।

साथै ल्यापटप, मोबाइल, लागुऔषध तौल गर्न र सुनचाँदी जोख्ने तराजु एवं दुई थान यन्त्र, गरगहना गाल्न प्रयोग हुने उपकरण पत्थरलगायत सामग्री बरामद गरिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  १ : ४५ बजे

वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना