मुख्यमन्त्री शेरधन राईले १५ सांसदलाई निलम्बन गरे « Khabarhub

मुख्यमन्त्री शेरधन राईले १५ सांसदलाई निलम्बन गरे


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश १ का मुख्यमन्त्री राईले गरे १५ सांसदलाई कारबाही गरेका छन् । राईले कारबाही स्वरुप १५ सांसदलाई तीन महिनासम्मका लागि निलम्बन गरेका हुन् ।

आफूविरुद्धको अविश्वास प्रस्तावमा थाहै नदिई हस्ताक्षर गरेको भन्दै राईले १५ जना सांसदलाई तीन महिनासम्मका लागि निलम्बन गरेका हुन् ।

निलम्बनमा पर्ने प्रदेश सांसदहरुमा भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ रहेका छन् ।

बिहीबार नै मुख्मन्त्री राईलाई नेकपाको प्रचण्ड–नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट हटाई भीम आचार्यलाई चयन गरेको थियो ।

यसअघि प्रचण्ड–नेपाल समूहले नै राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो, जसमा आचार्यलाई मुख्यमन्त्रीमा प्रस्तावित गरिएको थियो ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ३ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै