मुख्यमन्त्री शेरधन राईले १५ सांसदलाई निलम्बन गरे « Khabarhub

मुख्यमन्त्री शेरधन राईले १५ सांसदलाई निलम्बन गरे


१६ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश १ का मुख्यमन्त्री राईले गरे १५ सांसदलाई कारबाही गरेका छन् । राईले कारबाही स्वरुप १५ सांसदलाई तीन महिनासम्मका लागि निलम्बन गरेका हुन् ।

आफूविरुद्धको अविश्वास प्रस्तावमा थाहै नदिई हस्ताक्षर गरेको भन्दै राईले १५ जना सांसदलाई तीन महिनासम्मका लागि निलम्बन गरेका हुन् ।

निलम्बनमा पर्ने प्रदेश सांसदहरुमा भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ रहेका छन् ।

बिहीबार नै मुख्मन्त्री राईलाई नेकपाको प्रचण्ड–नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट हटाई भीम आचार्यलाई चयन गरेको थियो ।

यसअघि प्रचण्ड–नेपाल समूहले नै राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो, जसमा आचार्यलाई मुख्यमन्त्रीमा प्रस्तावित गरिएको थियो ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ३ : ११ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने