नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ३७८, निको हुने दर ९६.८ प्रतिशत | Khabarhub Khabarhub

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ३७८, निको हुने दर ९६.८ प्रतिशत


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा हाल कोरोना भाइरस सक्रिय सङ्क्रमितको संख्या ६ हजार ३७८ रहेको छ ।

पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय सङ्क्रमितको संख्या घटेको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार जनाको पीसीआर परिक्षण गर्दा थप ५३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४४७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ । नेपालमा निको हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको हो।

पछिल्लो २४ घण्टामा ९ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८५६ पुगेको छ।

यस्तै हालसम्म ३६२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख ३२ हजार ४७७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ४ : ४२ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये