नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ३७८, निको हुने दर ९६.८ प्रतिशत « Khabarhub

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ३७८, निको हुने दर ९६.८ प्रतिशत


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा हाल कोरोना भाइरस सक्रिय सङ्क्रमितको संख्या ६ हजार ३७८ रहेको छ ।

पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय सङ्क्रमितको संख्या घटेको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार जनाको पीसीआर परिक्षण गर्दा थप ५३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४४७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ । नेपालमा निको हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको हो।

पछिल्लो २४ घण्टामा ९ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८५६ पुगेको छ।

यस्तै हालसम्म ३६२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख ३२ हजार ४७७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ४ : ४२ बजे

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी- अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी