सेयर बजारमा नयाँ रेकर्ड, नेप्से हालसम्मकै उच्चविन्दुमा « Khabarhub

सेयर बजारमा नयाँ रेकर्ड, नेप्से हालसम्मकै उच्चविन्दुमा


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजार नेप्से सूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेप्से सूचक बिहीबार २५.२१ अंकले बढेर २०८७.२८ विन्दुमा बन्द भएको छ ।

केही दिन सुस्त रहेको बजारमा बुधबारदेखि पुनः उकालो लागेको हो।

खरिदबिक्री रकममा पनि बृद्धि हुन थालेको छ । अहिले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको र बैंक ब्याजदर पनि सस्तो भएको छ । धितोपत्र बोर्डले ब्रोकर कमिसन पनि घटाएकाले बजार सकारात्मक भएको विश्लेषकको भनाई छ ।

नेप्सेमा बिहीबार २०७ कम्पनीको ५ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । कुल १ करोड १४ लाख ६४ हजार २०० कित्ता सेयर किनबेच भएका छन् । निर्जीवन बिमा समूहबाहेक बाँकी सबै समूहमा वृद्धि भएको छ । सबैभन्दा धेरै ट्रेडिङ समूह १८७.७३ अंकले बढेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर भाउ सर्किट लागेर बढेको छ । साल्ट ट्रेडिङको भाउ १०५ ले बढेको हो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अघि आएको छ । यसको ४६ करोड ८८ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ५ : ०० बजे

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको

इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्धको क्रममा इरानलाई

मन्त्री मेहताको सम्पत्तिः १७ लाख बैंक मौज्दात, ३० तोला सुन र ५० तोला चाँदी

काठमाडौं – स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहताको सम्पत्ति विवरण

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,