राष्ट्रियसभा अधिवेशन : उखु किसानका समस्यादेखि जल्दाबल्दा विषयसम्म उठाइँदै « Khabarhub

राष्ट्रियसभा अधिवेशन : उखु किसानका समस्यादेखि जल्दाबल्दा विषयसम्म उठाइँदै


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको शुक्रबादेखि शुरु हुने हिउँदे अधिवेशनमा प्रतिनिधिसभा विघटन भएको घटनादेखि समसामयिक राजनीति र जनसरोकारका जल्दाबल्दा विषय प्रखररुपमा उठ्ने भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) बाट उक्त सभामा प्रतिनिधित्व गर्नुहुने प्रमिला कुमारीले प्रतिनिधिसभा विघटन, उखु किसानका समस्या र नागरिकतालगायत जनसरोकारका मुद्दालाई यो अधिवेशनमा प्राथमिकताका साथ उठाउने बताए ।

उनले भने, “हामी प्रतिनिधिसभा विघटनको विरोधमा आवाज उठाउँछौँ, किसानले उखु बिक्री गरेको पैसा लिन ज्यानै गुमाउनुपरेको तथा शिक्षा क्षेत्रमा देखिएको अस्तव्यस्त र भ्रष्टाचारका घटनाको विरोधमा आवाज उठाउनेछौँ ।”

प्रतिनिधिसभा विघटन भएपछि मुलुकको सङघीय संसद्को इतिहासमा राष्ट्रियसभाको मात्र अधिवेशनको बस्न लागेको यो पहिलो नौलो अभ्यास हो ।

राष्ट्रियसभामा नेकपाका नेता दिनानाथ शर्माले सरकारको काम कारवाहीलाई सहयोग पु¥याउने तथा जनताका समसामयिक आवाजलाई बुलन्द गर्ने विगतको अभ्यासकै रुपमा सदन अघि बढने बताए ।

उनाँलेे भने, “मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रमका विषयमा पनि यस पटक सदस्यले स्वतन्त्रतापूर्वक विचार राख्नु होला ! सरकारलाई सहयोग गर्ने, निगरानी र खबरदारी गर्ने थलोका रुपमा रहेको सदनमा जनचासोका विषयमा आवाज उठ्ने छ ।”

नेता शर्माले राष्ट्रियसभामा उत्पति भएर विभिन्न चरणमा रहेका १८ विधेयक र केही संवैधानिक आयोगका प्रतिवेदन तथा समितिका वार्षिक प्रतिवेदन हाम्रो एजेण्डाभित्र भएकाले स्वभाविकरुपमा सदनमा पेश हुने बताए ।

प्रौढ, वुद्धिजीवी, विशेष समुदायका प्रतिनिधि, निर्वाचनमा भाग लिन नचाहने र नसक्ने तथा संसद्का लागि अत्यावश्यक ठानिएका व्यक्तित्वको ‘इल्डर्स हाउस’ को अधिवेशनलाई प्रतिनिधिसभा नभएका हुुनाले विशेष चासोका साथ हेरिएको छ ।

हिउँदे अधिवेशन स्वभावतः विधेयकमा नै केन्द्रित हुने भएकाले यस माथिको आफ्नो जिम्मेवारी पूरा गर्नेतर्फ उक्त सभाले प्रयत्न गर्ने छ । राष्ट्रियसभा मातहत चार विषयगत समिति छन् ।

अध्यक्ष र उपाध्यक्षबाहेक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४४, नेपाली कांग्रेसका सात र जनता समाजवादी दलका तीन सदस्य रहेको उक्त सभामा राष्ट्रपतिबाट मनोनीत तीन विषयविज्ञ सदस्य पनि छन् ।

प्रतिनिधिसभा नभएका बेला चल्न लागेको राष्ट्रियसभाले सदनमा उठेका जनताका आवाज सम्बोधनका लागि सरकारलाई निर्देशन दिन, ध्यानाकर्षण गराउन र रुलिङ गर्न सक्नेछ ।

राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधित्व गर्ने साँसद रमेशजङ्ग रायमाझीले प्रतिनिधिसभा विघटन र विगतमा उठाउँदै आएको शान्ति सुरक्षा, भ्रष्टचार र कोरोनाको समयमा जनताले पाउन नसकेको सेवा सुविधाका विषयलाई प्राथमिकताका साथ उठाउने प्रतिक्रिया दिए ।

उनले भने , “प्रतिनिधिसभा विघटनदेखि कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा गरिरहेको काम र जनजीवीका विषयमा उठेको प्रश्नबारे सदनमार्फत सरकारको जवाफ खोज्ने छौँ ।”

सरकारले सभाको बैठकमार्फत नै पनि आफ्ना आश्वासन र विश्वास दिलाउन सक्नेछ । यसबाट लोकतन्त्रको अभ्यास गर्ने महत्वपूर्ण थलो संसद् जीवित नै छ भन्ने प्रत्याभूति र सन्देश दिनेछ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  १० : ३० बजे

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

नेपालगन्ज– आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार