राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि, सबै दलका नेताले सम्बोधन गर्दै « Khabarhub

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि, सबै दलका नेताले सम्बोधन गर्दै


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको हिउँदे अधिवेशन आज सुरू हुँदैछ ।

हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमा आज सबै दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।

बिहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्दै आजको बैठकमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका नेताबाट सम्बोधन गर्ने निर्णय गरेको हो ।

बैठकको शुरुमै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउनेसँगै मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रसमेत सभामा पेश हुनेछ ।

सभामा अध्यादेशहरु समेत टेवल हुने र विभिन्न समितिका प्रतिवेदनसमेत पेश गर्ने कार्यसूची तय भएको छ ।

तर संविधान, कानून र संसद् नियमावलीले राष्ट्रियसभाले बनाउने कानूनलाई प्रतिनिधिसभाले पारित गरे मात्र अन्तिम रूप पाउने व्यवस्था गरेकाले थप कानून नबन्ने निश्चित भएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सरकारले वैशाख १७ र २७ का लागि मध्यावधि चुनाव घोषणा गरेको छ ।

सरकारको सो कदमविरूद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । सोही प्रकरणपछि सत्तारूढ नेकपा विभाजन भएको छ । यद्यपि त्यसले वैधता पाइसकेको छैन ।

दाहाल-नेपाल समूह र ओली समूहबीचको समान्तर बैठकले पुस ५ को प्रकरणको विरोध र बचाउ गरिरहेका छन् ।

यो विषयले राष्ट्रियसभामा पनि प्रवेश पाउने देखिएको छ । दाहाल-नेपाल समूहका सदस्यहरूले सरकारको पुस ५ को कदमको आलोचना गर्नेछन् ।

पार्टीभित्र अप्ठ्यारोमा परेपछि यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले  असार १८ गते दुवै सदनका अधिवेशन अन्त्यको सिफारिस गरेका थिए । तर, यसबीचमा प्रतिनिधिसभा नै विघटन भएपछि नेपालको राजनीतिले नयाँ मोड लिएको छ ।

प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रियसभाको एकल अधिवेशन बस्ने संवैधानिक व्यवस्थाका कारण अधिवेशन सुरू हुन लागेको हो । संविधानको धारा ९३ मा भनिएको छ, ‘यस संविधानबमोजिम राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनको आह्वान गर्नेछ।’

राष्ट्रियसभा सचिवालयका अनुसार ६ वटा विधेयक सभामा प्रस्तुत हुन बाँकी छन् । १० वटा विधेयक विभिन्न समितिमा छलफलका क्रममा छन् ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : ३१ बजे

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा