समृद्धिका लागि स्थिर राजनीति अपरिहार्य : प्रधानमन्त्री ओली (भिडियोसहित) « Khabarhub

समृद्धिका लागि स्थिर राजनीति अपरिहार्य : प्रधानमन्त्री ओली (भिडियोसहित)


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि स्थिर राजनीति अपरिहार्य रहेको बताएका छन् ।

नयाँ वर्ष सन् २०२१ को अवसरमा आज भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपालको आकांक्षा पूरा गर्नका लागि स्थिर राजनीति अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा अनेक व्यवधान सामना गर्नु परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्-‘हामी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तब्य तय गरी अघि बढिरहेका छौँ । समृद्ध नेपाल, सुखी नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य छ ।’

आगामी दिनमा सुशासन र विकासको बाटोबाट अघि बढ्ने पनि उनले प्रतिवद्धता जनाएका छन् ।

‘हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएका छौँ । राष्ट्रिय समृद्धि तर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाइमा पुग्ने छन् भन्ने म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु,’ उनले भने।

अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धि थप उचाइमा पुग्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

यस्तो छ प्रधानमन्त्रीको भिडियो सन्देश

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : ५१ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना