बेलायत औपचारिक रुपमा आजदेखि युरापेली संघबाट बाहिरियो « Khabarhub

बेलायत औपचारिक रुपमा आजदेखि युरापेली संघबाट बाहिरियो


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायत ‌‍औपचारिक रूपमै युरोपेली संघ (इयु) बाट बाहिरिएको छ।

सन्‌ १९७३ मा संघको सदस्यता लिएको बेलायतले ४७ वर्षपछि स्थानीय ग्रीनवीच समयअनुसार गएराति ११ बजेदेखि इयुका नियम पालना गर्न छाडेको हो।

युरोपेली युनियनमा बस्न नहुने माग विपक्षीबाट आएपछि सन् २०१६ मा बेलायतमा यसबारे जनमत संग्रह भएको थियो। ब्रेक्जिट अर्थात बेलायत युरोपेली संघबाट बाहिरिनुपर्छ भन्ने पक्षमा ५२ प्रतिशत र छाड्नुहुँदैन भन्ने पक्षमा ४८ प्रतिशत मत खसेको थियो।

त्यसपछि ब्रेक्जिटका लागि दुवै संसदले विधेयक बनाएको थियो र महारानी एलिजावेथ द्वितीयाले स्वीकृति दिएको थिइन्‌।

यो प्रकृया आज औपचारिक रूपमै सम्पन्‍न भएको बीबीसीमा उल्लेख छ। प्रधानमन्त्री बोरिस जोन्सनले अब बेलायतको स्वतन्त्रता आफूहरूकै हातमा रहेको र फरक तथा राम्रो तरिकाले काम गर्ने बताएका छन् ।

इयुबाट बाहिरिए पनि बेलायत मित्र र सहयोगी रहिरहने फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले बताएका छन्‌।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १२ : ३७ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ