हत्या गरी शव गाडिएका अवस्थामा फेला « Khabarhub

हत्या गरी शव गाडिएका अवस्थामा फेला


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेको छ ।

प्रहरी प्रवक्ता मिश्रले बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुबा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको बताए । मिश्रले भने, ‘शुरुआती क्रममा उनको घाँटी थिचेर हत्या गरेको देखिन्छ, शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका छौँ । रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढ्छ ।”

बालकको शव फेला परेपछि तत्काल अनुसन्धानका लागि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग सोधपुछ भइरहेको मिश्रले बताए ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ३ : ४२ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले