सरकारले ओम्नी समूहलाई ‘कालोसूची’बाट हटायो « Khabarhub

सरकारले ओम्नी समूहलाई ‘कालोसूची’बाट हटायो


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनललाई कालोसूचीबाट हटाएको छ । यसअघि स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै ओम्नीलाई कालोसूचीमा राखिएको थियो ।

एक वर्षसम्म ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन महिना नबित्दै हटाएको हो ।

सर्वोच्च अदालतको मंसिर ७ को अन्तरकालीन अन्तरिम आदेश तथा कार्यालयको मंसिर १० को निर्णय बमोजिम कालोसूचीसम्बन्धी कारबाही स्थगन गरिएको हुँदा ओम्नी समूह कालोसूची बाट हटाएको  कार्यालयका निर्देशक राजेश थापाले जानकारी दिए ।

स्वास्थ्य सेवा विभागको सिफारिसमा सार्वजनिक अनुगमन खरिद कार्यालयले २०२० सेप्टेम्बर १४ देखि २०२१ सेप्टेम्बर १३ सम्म कालोसूचीमा राख्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ६ : ०४ बजे

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार

ट्रम्पको दाबी : आठ महिनायता कोही पनि अवैध रूपमा अमेरिका पसेका छैनन्

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब देशमा अवैध रूपमा प्रवेश