चोरी भएका २२ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण « Khabarhub

चोरी भएका २२ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २२ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले उपत्यका विभिन्न स्थानमा विभिन्न समयमा हराएका मोटरसाइकल खोजेर ल्याई आज एक कार्यक्रमको आयोजना गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

महाशाखाले पदम लामा, प्रदीप थापा, सोनी भट्टराई, कैलाश श्रेष्ठ, साङ्मु शेर्पा, वुद्धिजङ्ग गुरूङ, साङ्गे तेन्जिङ महत, राजकुमार बुढाथोकी, सुरजकुमार पोखरेल, राजेशकुमार पोदार, वासुदेव गुरूङ, कृष्णराज गिरी, दोर्जे लामा, विकाश गौतम, लक्ष्मी आचार्य, धुर्व बोलखे, पीङ्की सितिखु, अन्जु गिरी, देवकुमार तामाङ, भुवनकुमार सुनार, विकास मगर र प्रवेश राईको हराएको मोटरसाइकल जिम्मा लगाएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जथाभावी रुपमा मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेको बताए ।

उपत्यकाबाट हराएका मोटरसाइकल बाहिरी जिल्लामा धेरै प्रयोग हुने गरेको उनको भनाइ छ । उनले पार्किङ क्षेत्रमा मोटरसाइकल राख्दा होसियारी अपनाउन चालकलाई आग्रह गरे ।  उपत्यकामा मोटरसाइकल चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन सेवा १०३ मा टिपाउन महाशाखाले चालकलाई अनुरोध गरेको छ ।

महाशाखाले पुस महिनामा मात्रै ३९ मोटरसाइकल अनुसन्धानका लागि ल्याएको छ भने चोरीमा सङ्लग्न नौ व्यक्तिलाई पक्राउ गरी मुद्दासमेत चलाइसकेको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : १४ बजे

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या

संविधान संशोधन बहसपत्र कार्यदलले गर्याे पूर्वन्यायाधिवक्ता र कानुनविद्सँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले