नक्कली सीआईबीको परिचय पत्र बनाउने ‘गिरोह’ पक्राउ « Khabarhub

नक्कली सीआईबीको परिचय पत्र बनाउने ‘गिरोह’ पक्राउ


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाममा सीआईबीको नक्कली परिचय पत्र बनाउने ‘गिरोह’ पक्राउ परेका छन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै सीआईबीको नक्कली परिचयपत्र र स्ट्याम्प बनाउने गिरोहका चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका–९ मा सञ्चालित सिटी प्यालेस गेष्ट हाउस एण्ड फैमिली रेष्टुरेन्टमा बिहीबार अपराधिक गिरोहले सरकारी कागज, दस्तखत, छाप किर्ते गरी नक्कली कागजातहरु तयार गरिरहेको जानकारी प्राप्त हुनासाथ प्रहरीले खनतलासी लिएको थियो ।

धनुषाको प्रहरी उनायव उपरीक्षक मकेन्द्र मिश्रको नेतृत्वमा खटेको टोलीले खानतलासी गर्दा होटलको कोठा नम्बर एक सय ६ बाट ४ जनालाई पक्राउ गरिएको धनुषा प्रहरीले जानकारी दिए ।

पक्राउ पर्नेमा भारत बिहार राज्य अररिया फाविशगंज घर भई मोरङ्गको विराटनगर उपमहानगरपालिका–१ बस्ने राजकुमार साहुका २७ वर्षीय छोरा समीर साह, महोत्तरी भङ्गहा नगरपालिका–९ बस्ने दिनेश यादवका २१ वर्षीय छोरा आदित्यकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने बैजनाथ साहका ३० वर्षीय छोरा चन्दन साह र जनकपुरधाम उपमहानगरपालिका –२ बस्ने सुट्टा साहका ५० वर्षीय छोरा रामचन्द्र साह रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले प्लास्टिकको ३ थान पेस्तोल, विभिन्न बैंक तथा कार्यालयहरुको ४० थान स्टाम्प, नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो लेखिएको प्रमाणपत्र एक थान, प्रभु बैंक, सिद्धार्थ बैंक, गरिमा विकास बैंक, मेगा बैंकको नगद जम्मा भौचर, नविल बैंकको क्यास डिपोजिट स्लिप, नेपाल रेल्वे कम्पनी लिमिटेडको ३ थान आवेदन फारम, विभिन्न बैंकहरुका खाली चेकबुकलगायतका सामग्रीहरु बरामद गरेको थियो ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : ४५ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान