हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रको मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन (भिडियोसहित) « Khabarhub

हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रको मागसहित काठमाडौंमा राप्रपाको प्रदर्शन (भिडियोसहित)


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले प्रजातन्त्र जोगाउन, राष्ट्रलाई स्थिर राख्न राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना गर्नुपर्ने बताएका छन् ।

‘जनताका चाहना र राष्ट्रको आवश्यकता बमोजिम उन्नत प्रजातन्त्रका निम्ति राजसंस्था, हिन्दुराष्ट्र पूनःस्थापना गर्नुको विकल्प छैन । समय र जनताको माग यही नै छ,’ अध्यक्ष राणाले राप्रपाद्वारा शुक्रबार काठमाडौंमा आयोजित बृहद जनप्रदर्शनलाई सम्बोधन गर्दै भने ।

‘स्थिरता र स्थायित्व दिन्छौं भनेर डिङ हाँक्ने साम्यवादी सरकारले जनताको पक्षमा सिन्को समेत भाँच्न नसकेको भन्दै नेकपा सरकारको राणाले आलोचना गरे । अहिले आएर नेकपा मात्र नभएर, वस्तुगत रुपमा एमाले नै दुई फ्याक भएको अवस्था छ’, उनले भने ।

राजसंस्था र हिन्दुराष्ट्र पूनःस्थापनाको माग गर्दै राप्रपाले काठमाडौंमा शुक्रबार शक्ति प्रदर्शन गरेको हो ।

राप्रपाले राजसंस्थालगायत सबै अट्ने गोलमेच सम्मेलन, कोरोना महामारीको सबल व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण, युवालाई रोजगारी लगायतका माग अघि सारेको छ ।

राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सोही अवसरमा लुटाहा सरकारका कारण नेपाली जनताले दुःख पाएको बताए ।

विरोध सभालाई सम्वोधन गर्दै अध्यक्ष लोहनीले केपी ओली सरकारले संविधानविपरीत प्रतिनिधिसभा विघठन गरेको भन्दै कडा आलोचना गरे । संसद विघठन गरेर चुनावमा जाने संविधानमा कुनै व्यवस्था नभएको उनले बताए ।

अराजक परिस्थितिबाट मुक्ति पाउन सबै दलहरुको मनस्थितिमा परिवर्तन आउनु आवश्यक रहेको बताए । लोहनीले राजसंस्था र हिन्दुराष्ट्र पूनःस्पाना गरेर राष्ट्रियता र विकासको महाअभियानमा आरम्भ गर्नु पर्ने बताए ।

राष्ट्रिय चरित्रका सबै शक्ति र संस्थाहरुलाई स्थान दिन प्रजातान्त्रिक र देशभक्तहरुबीच नयाँ संवाद र वृहत प्रजातान्त्रिक एकता कायम गर्नु आजको आवश्यकता हो, लोहनीले भने ।

भृकुटीमण्डपबाट सुरु भएको विशाल  र्‍याली रत्नपार्क पुगेर सभामा परिणत भएको थियो ।

हेरौँ भिडियो

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ८ : ०२ बजे

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिए, नेपालीसहित बेपत्ता आरोहीको खोजी जारी

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल

कुवेतमा ड्रोन आक्रमणमा मारिने नेपाली तेह्रथुमका सोमकुमार तमाङ

काठमाडौं- कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको ड्रोन आक्रमणमा

सिरहाको अवस्था सामान्य बन्दै, गोलबजार-लहान क्षेत्रमा कर्फ्यु अझै जारी (तस्बिरहरू)

काठमाडौं– सिरहाको गोलबजार क्षेत्रको अवस्था शुक्रवार बिहानदेखि अवस्था सामान्य बन्दै

मधेशका ११ केन्द्रमा सञ्चालित एमबीएस अन्तर्गत आजको परीक्षा स्थगित

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले मधेशमा केन्द्र रहेका व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको

निर्मल पुर्जाले लेखेका थिए, ‘ब्रोड पिक, सुरक्षित रूपमा माथि पुगेर फर्किन पाऊँ भन्नेबाहेक केही माग्दिनँ’

इस्लामाबाद (एएफपी)- पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको ब्रोड पिक हिमालमा हिमपहिरो