नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा « Khabarhub

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा दिइन् । उनले ग्यासको आपूर्तिमा कर्मचारीले असहयोग गरेको र व्यवसायीलाई ‘पाता फर्काउनुपर्ने’ विवादास्पद अभिव्यक्ति दिँदा भएको चौतर्फी विरोधपछि राजीनामा दिएकी हुन् । यादव उद्योगमन्त्रीमा आसिन हुँदादेखि नै मुलुकमा ग्यासको अभावको सुरुवात भइसकेको थियो ।

भन्सार विभागको तथ्यांकले भने पछिल्ला महिनाहरूमा नेपालमा विगतको तुलनामा ग्यासको आपूर्तिमा वृद्धि हुँदै आएको देखाएको छ । तर, पूर्वमन्त्री यादवले समस्यालाई समाधान गर्ने हिसाबले भूमिका भने प्रदर्शन गर्न सकिनन् ।

बरु उल्टै आफ्नै कर्मचारी र व्यवसायी आक्रोशित हुनेगरी अभिव्यक्ति दिँदा उनले मन्त्री पदबाट नै राजीनामा दिने अवस्थाको सिर्जना भयो । तर, पूर्व मन्त्री यादवले राजीनामा दिएको दिनदेखि नै सरकारले अगाडि बढाएको अनुसन्धान तथा एक्सनले भने व्यवसायीले ग्यासको बिक्री प्रक्रियामा ठूलो छलछाम गरिरहेको हुनसक्ने आशंका पैदा गरेको छ ।

शुक्रबार मात्रै एक हजार बढी सिलिण्डर बरामद शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टालीले काठमाडौं महानगरपालिका–३२ नरेफाँट र सामाखुशीको ग्यास बिक्रेताबाट लुकाइ राखेको ३७२ थाना ग्यास सिलिण्डर बरामद गर्‍यो । प्रहरीले नरेफाँटस्थित रामेछाप ब्राण्ड ग्यास डिलरका सञ्चालक र बसुन्धारास्थित हाम्रो सगरमाथा सहकारी संस्थामार्फत ग्यासको कारोबार गर्दै आएका व्यक्तिलाई पक्राउ पनि गर्‍यो ।

प्रहरीले शुक्रबार नै तीनकुनेस्थित गैरीगाउँबाट दुई वटा ट्रकमा लोड गरि राखिएको अवस्थामा ७ सय वटा सिलिण्डर बरामद गरेको छ । ग्यास कालोबजारी गरेको आरोपमा वसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालकलाई पक्राउ पनि गरेको छ ।

स्तै, उद्योग, वाणिज्य तथा आपूर्ति विभागले उपभोक्ताबाट अस्वभाविक बढी मूल्य असुल्ने र मिलेमतोमा ग्यास बिक्री गर्ने २ जना व्यवसायीलाई ६ लाख रुपैयाँ जरिवाना गरेको छ । शुक्रबार विभागको टोलीले कागेश्वरी मनोहरा–६ स्थित अनिल किराना पसल र ललितपुरको बालकुमारस्थित ग्यास पम्पलाई ३/३ लाख रुपैयाँ जरिवाना गरेको हो । बिहीबार पनि प्रहरीले भक्तपुरको सूर्यविनायकबाट ७५ थान र इटाछेबाट २८ सिलिण्डर ग्यास बरामद गरेको थियो ।

शुक्रबार नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक साहले ग्यास उद्योग सहज बनाउने सम्बन्धमा उद्योगीहरूसँग छलफल पनि अगाडि बढाएका छन् । उनले शुक्रबार मन्त्रीको सपथ लिएलगत्तै उपभोक्ताले ग्यास पाउनुपर्ने बताएका थिए ।

प्रहरी र विभागले अनुसन्धान र कारबाही अघि बढाएसँगै ग्यास बिक्रेता महासंघले पनि उपभोक्तालाई अनावश्यक मूल्य नलिन व्यवसायीलाई आग्रह गर्दै विज्ञप्ति प्रकाशन गरेको छ । साथै, महासंघले विज्ञप्तिमार्फत सरकारले तोकेको बिक्री मूल्यभन्दा बढीमा ग्यास बिक्री गरी अनुचित लाभ लिने जोसुकैलाई कानुनी कारबाहीको दायरमा ल्याउन माग गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  ५ : ४४ बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा