अन्तिम विकल्प हुँदासम्म पार्टी एकताकै पक्षमा लाग्छु : उपाध्यक्ष गौतम « Khabarhub

अन्तिम विकल्प हुँदासम्म पार्टी एकताकै पक्षमा लाग्छु : उपाध्यक्ष गौतम


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अन्तिम विकल्प रहुन्जेसम्म पार्टी एकताकै पक्षमा लाग्ने बताएका छन् ।

उनले नेकपा विभाजन भइनसकेको र अझै पनि एकता जोगाउने सम्भावना जीवित रहेको हुँदा आफू एकताकै प्रयासमा रहेको बताएका हुन ।

उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नेकपा फुटिनसकेको र अझै पनि पार्टी एकता जोगाउने सम्भावना जीवित रहेको बताए ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जीवित रहने उनले दाबी गरे ।

उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफूसँग रहेको बताए ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ८ : २७ बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा