विदेशमा रहेका ३० प्रजातन्त्र समर्थित अधिकारकर्मीहरुको खोजी गर्दै हङकङ प्रहरी « Khabarhub

विदेशमा रहेका ३० प्रजातन्त्र समर्थित अधिकारकर्मीहरुको खोजी गर्दै हङकङ प्रहरी


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङ प्रहरीले विदेशमा पुगेका ३० प्रजातन्त्र समर्थित अधिकारकर्मीहरुलाई नियन्त्रणमा लिन खोजी कार्य सुरु गरेको छ ।

हङकङको सुरक्षा कानूनको उल्लंघन गर्दै विदेशमा पुगेका पूर्व सांसद टेड हु ची र साइक्सस बग्गियो ल्युङ चुंग-हाङलगायत ३० जनाको खोजी गरिरहेको छ ।

साउथ चाइना मर्निङ पोस्टको एक एक्सक्लुसिभ रिपोर्ट अनुसार टेड नोभेम्बरको अन्तमा हङकङबाट बेलयात भागेका थिए र ल्युङ नोभेम्बर २० मा संयुक्त राज्य अमेरिका उडेका थिए ।

“हङकङ प्रहरीले मोस्ट वान्टेडको सूचीमा राखेर उनीहरुको खोजी कार्य सुरु गरेको छ । तर, उनीहरु सहरमा भने छैनन् । “तीमध्ये धेरैजसो युरोप, संयुक्त राज्य अमेरिका र ताइवानमा रहेका छन्,” एक प्रहरीले जानकारी दिए ।

हालसम्म चिनियाँ कम्युनिष्ट पार्टीले हङकङमा नयाा सुरक्षा कानुन लागु गरेदेखि धेरै प्रजातन्त्र समर्थक कार्यकर्ताहरू पक्राउ परेका छन् ।

एक स्रोतको उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले भनेको छ, “विदेशमा रहेका ३० प्रजातन्त्र समर्थित अधिकारकर्मीहरु सहति धेरैले नयाँ कानुन बनाउनु भन्दा अघि वा पछि कानुनी आप्रवासन माध्यमबाट सहर छोडेका थिए ।”

हङकङमा चीनले नयाँ सुरक्षा कानुन लागु गरेयता हङकङ छोड्नेहरुको संख्या बढ्दै गएको छ । चीनले सन् २०१९ को प्रजातन्त्र समर्थित आन्दोलनमा सहभागी भएकाहरुलाई नियन्त्रणमा लिने गरेको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १ : ५६ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग