नातामा फुपू पर्ने महिलाले गरिन पाँच वर्षीय बालकको हत्या « Khabarhub

नातामा फुपू पर्ने महिलाले गरिन पाँच वर्षीय बालकको हत्या


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- धनुषामा पाँच वर्षीय बालकको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

धनुषा विदेह नगरपालिका–२ दुहबी बस्ने २६ वर्षीया प्रमिलादेवी अमातलाई सोही ठाउँ बस्ने जीवनराय अमातको पाँच वर्षीय छोरा अभिनन्दनराय अमातको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

हत्या आरोपमा पक्राउ पर्ने महिला मृतक बालकको नातामा आफ्नै फुपू पर्ने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुबा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको थियो ।

बालक हराएपछि प्रहरीले खोजतलास गर्दै जाँदा मृतक बालककै बाजे नाता पर्ने ब्रम्हदेवराय अमातको भैँसी बाँध्ने गोठघरमा खाल्डो खनी गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाए ।

तत्कालै धनुषाको प्रहरी उपरीक्षक मिश्रको कमाण्डमा अनुसन्धान टोली गई घटनास्थलको प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ ।

प्रहरी उपरीक्षक मिश्रका अनुसार घटना सम्बन्धमा बुझ्दै जाँदा ब्रम्हदेवराय अमातको जेठी छोरी प्रमिलादेवी अमातले रूपैयाँ लेनदेनको विवादले उत्पन्न रिसइबीका कारण बालकको हत्या गरेको खुलेको छ ।

मृतक बालकलाई प्रमिलादेवीले घरमा बोलाएर चाउचाउ खान दिएको र बालकले चाउचाउ खाइसकेपछि बालकलाई बुबा ब्रम्हदेव सुत्ने गरेको खाटमा सुत्न लगाएर सुतेपछि घाँटीे थिची हत्या गरेको र राति अँध्यारो भएको अवस्थामा घटनास्थलबाट मृत बालकलाई सेतो सलमा बेरेर भैँसी बाध्ने गोठघरमा खाल्डो खनी गाडेर माथिबाट खरानीले छोपेको भनी प्रमिलादेवीले प्रहरीसमक्ष  बयान दिएको प्रहरी उपरीक्षक मिश्रले बताए ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १० : ४० बजे

काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ

‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न

संयुक्त राष्ट्र सुरक्षा परिषदले ‘होडैदा मिसन’ बन्द गर्दै

काठमाडौं– संयुक्त राष्ट्र सुरक्षा परिषदले यमनको ‘होडैदा’ क्षेत्रमा सञ्चालन हुँदै

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित बन्दै नेवार समुदाय

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर,

संघीयता खारेजीको एजेन्डासहित जनमोर्चाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र 

काठमाडौं– राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको