चीनमा अरबौं घुस खाने पूर्व बैंकरलाई दिइयो मृत्युदण्ड « Khabarhub

चीनमा अरबौं घुस खाने पूर्व बैंकरलाई दिइयो मृत्युदण्ड


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अरबौं रुपैयाँ घुस खाने एक पूर्व बैंकरलाई मृत्युदण्ड दिइएको छ । चीनको एक बैंकका यी शीर्ष अधिकारीलाई शुक्रबार मृत्युदण्ड दिइएको चीनको सरकारी मिडिया पिपुल्स डेलीले जनाएको छ ।

५८ वर्षका लाइ शाओमिन चीनको सत्ताधारी कम्युनिस्ट पार्टीका पनि सदस्य थिए । उनले बरिष्ठ बैंकिङ रेगुलेटरको रुपमा काम गर्ने क्रममा १.७९ बिलियन युआन (३२ अर्ब नेपाली रुपैयाँ) घुस लिएको आरोप थियो । अदालतले यही जनवरीको पहिलो हप्ता उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो ।

उनलाई कुन तरिकाले मृत्युदण्ड दिइयो भन्ने खुलासा गरिएको छैन । उनीमाथि गोप्य तरिकाले दोस्रो परिवार सुरु गरेको समेत आरोप थियो । आफ्नो मूल परिवारभन्दा बाहिर उनी एक महिलासँग पतीपत्नीको रुपमा बसिरहेका थिए ।

गोप्य परिवारमा उनका एक सन्तान पनि थिए । लाइ शाओमिनले घुसको रुपमा यति ठूलो रकम २००८ देखि २०१८ को बीचमा लिएका थिए । शाओमिन चाइना हुआरोङ्ग एसेट म्यानेजमेन्ट कम्पनीका अध्यक्ष पनि थिए ।

५ जनवरीमा तिआनजिनको सेकेण्डरी इन्टरमिडियट पिपुल्स कोर्टले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । उनलाई मृत्युदण्डको सजाय सुनाइएपछि सर्वोच्च अदालतले फैसलाको पुनरावलोकन पनि गरेको थियो ।

फैसलाको पुनरावलोकनको क्रममा उनले समाजलाई जति नोक्सानी पुर्‍याएका छन् त्यो उनले गरेका राम्रा काममाथि भारी पर्ने भएको ठहर गर्दै मृत्युदण्डको सजाय कायम राखिएको थियो ।

यसअघि शाओमिनको एउटा भिडियो पनि प्रसारण भएको थियो जसमा उनले आफ्नो अपराध स्वीकार गरेको देख्न सकिन्छ । सरकारी टिभीमा शाओमिनको बेइजिङस्थित एक अपार्टमेन्टका कैयौं भाग पैसाले भरिएको पनि देखाइएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ६ : २४ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी